शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘माया पिरिम’

शुक्रबार, ०३ असोज २०७६, १४ : ५३
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं– अभिनेता कोशिश क्षेत्री र अभिनेत्री अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक भएको छ । आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने यो फिल्मले चलचित्र फष्टलुकको रुपमा दुई पोष्टर बाहिर ल्याइएको छ ।

दुईमध्ये एक पोष्टरमा हिरो हिरोइनको प्रेम झल्किएको छ । भने, अर्काे कमर्सियल तवरले तयार पारिएको छ । प्रेमकथामा बनेको फिल्मका निर्देशक टेक पौरखी राई हुन् । प्रविण थापा र सविन अधिकारीको निर्माण, सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्माता रहेको फिल्ममा सहनिर्माताको रुपमा मोहन मरासैनी र युवराज दाहाल रहेका छन् ।

कोशिश क्षेत्री, सलोन बस्नेत, किरण चन्द, अन्जली अधिकारी, अर्जुन गुरुङ, कालु राना, जयनन्द लामा, अरुणा कार्की, अनुपमा भण्डारी, विशाल पहाडी, टेक पौरखी राई, सागर बस्नेत लगायत कलाकारको फिल्ममा अभिनय समेटिएको छ । 

निरज कँडेलको छायाँकन, जीवन थापाको सम्पादन, श्री श्रेष्ठको द्वन्द, कोशिश क्षेत्रीको संगीत, शिशिर खातीको कोरियोग्राफी फिल्ममा छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप