शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला चलेपछि...

शुक्रबार, ०३ असोज २०७६, १४ : ४१
शुक्रबार, ०३ असोज २०७६

जनकपुर– धार्मिक धरोहरको रुपमा रहेको जनकपुरको जानकी मन्दिरमा बम राखिएको हल्ला फैलिएपछि करिब एक घन्टादेखि मन्दिर खालि गराइएको छ ।

प्रहरीको बाक्लो उपस्थितिमा मन्दिर भित्रबाट पुजारी र मन्दिरको प्राङ्गणमा व्यापारी व्यवसायी र श्रद्धालु भक्तजनहरुलाई समेत मन्दिर परिसरबाट हटाइएको छ । मन्दिर स्रोतका अनुसार प्रहरीलाई मन्दिरमा बम रहेको भनी कसैले फोन गरेपछि एकाएक मन्दिर नै खाली गराई खोजी कार्य जारी रहेको बताइएको छ ।

यता प्रहरीले केही आधुनिक यन्त्र लिएर समेत खोजी कार्य जारी राखेको एक प्रहरीले बताए । तर यसबारे प्रहरीले भने हालसम्म पुष्टि गरेको छैन ।

यद्यपि, प्रदेश नम्बर २ का प्रदेश प्रहरी प्रमुख प्रध्युम्न कार्कीले जानकी मन्दिरमा कसैले बमको हल्ला फैलाएको र प्रहरीले खोजी गर्दा केही पनि नभेटेको बताए । बमको हल्ला चलेको भने उनले पुष्टि गरे । बम खोज्नका लागि प्रहरीले दुईवटा प्रशिक्षित कुकुर र आधुनिक यन्त्र लिएर करिब २ घन्टा सम्म खोजी कार्य गरेको थियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप