
संविधान दिवसमा सम्मानित हुने यी उद्योगी र बैङ्कर्स

सरकारले बैङ्क तथा वित्तीय क्षेत्र र उद्योग व्यवसायमा महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई पनि संविधान दिवसको अवसरमा सम्मान गर्दैछ ।
बैङ्किङ क्षेत्रबाट एभरेष्ट बैङ्क सिंहदरबार शाखा नायब महाप्रबन्धक रामराजा उप्रेती जसले प्रवल जनसेवाश्री चतुर्थ श्रेणी सम्मान पाएका छन् ।
एनआइसी एसिया बैङ्कका प्रमुख कार्यकारी अधिकृत रोशन न्यौपानेले पनि सम्मानका लागि सिफारिस भएका छन् उनले प्रवल जनसेवाश्री चतुर्थ श्रेणी सम्मान पाउँदैछन् ।
जनसेवा श्री पञ्चम श्रेणीबाट रञ्जन खड्का सम्मानित हुदैछन् । उनी बालकोट सुर्यविनायक नपा २ सेञ्चुरी बैङ्कमा कार्यरत छन् ।
यता उद्योगी व्यवसायीमा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले उज्जवल किर्तिमय राष्ट्रदीप द्वितिय श्रेणीको सम्मान पाउँदैछन् भने अर्का उद्योगी तथा नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कृर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट सम्मानित हुदैछिन् ।
नेपाल उद्योग बाणिज्य महासंघको उपाध्यक्ष चन्द्र ढकाल र अर्का उद्योगपति अशोक अग्रवाल पनि कृर्तिमय राष्ट्रदीप चतुर्थ श्रेणीबाट सम्मानित हुदैछन् ।
राष्ट्रपति विद्या भण्डारीले यो सम्मान प्रदान गर्नेछिन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ