शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

छात्रामाथि यौन शोषणका आरोपी भारतका पूर्व केन्द्रीय मन्त्री चिन्मयानन्द पक्राउ

शुक्रबार, ०३ असोज २०७६, १२ : ४१
शुक्रबार, ०३ असोज २०७६

उत्तर प्रदेशको कानून कलेजकी छात्रामाथि यौन शोषणको मामलामा विशेष अनुसन्धान दल (एसआईटी) ले पूर्व केन्द्रीय राज्यमन्त्री एवं भाजपा नेता चिन्मयानन्दलाई पक्राउ गरेको छ । यसका लागि पुलिस शुक्रबार बिहान उनको आश्रम पुगेको थियो । अदालतले चिन्मयानन्दलाई १४ दिनको न्यायिक हिरासतमा राखेको छ ।

सर्वोच्च अदालतको आदेशमा एसआईटीले यो मुद्दाको अनुसन्धान गरिरहेको छ । केही दिन अघि पीडितले एक पेन ड्राइभमा प्रमाण अनुसन्धान गर्ने अधिकारीलाई सुम्पिएको थियो । बुधबार राती चिन्मयानन्दको स्वास्थ्य खराब भएका कारण अस्पतालमा भर्ना गरिएको थियो ।

पीडितले २४ अगस्टमा भिडियो पोस्ट गरेर आरोप लगाएका थिएः

स्वामी सुखदेवानन्द विधि महाविद्यालयमा एलएलएमकी छात्राले २४ अगस्टमा एउटा भिडियो पोष्ट गरेका थिए । यसमा उनले एक सन्यासीले थुप्रै किशोरीको जीवन बर्बाद गरिदिएको र उनको परिवारलाई यी सन्यासीबाट ज्यानको खतरा भएको बताएकी थिइन् । त्यसपछि ती युवतीका पिताले चिन्मयानन्दविरुद्ध दुष्कर्म र शारीरिक शोषणको रिपोर्ट दर्ता गराउन खोजेपनि पुलिसले मुद्दा दर्ता गरेको थिएन । त्यसपछि यो मुद्दा सर्वोच्च अदालत पुगेको थियो ।

यसअघि स्वामी चिन्मयानन्ले उनीविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप