बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

अभिनेत्री रेखा थापाको आरोप : हलका कारण फिल्म चलेन

शुक्रबार, ०३ असोज २०७६, ११ : ४४
शुक्रबार, ०३ असोज २०७६

काठमाडौं । अभिनेत्री रेखा थापाले चलचित्र घर राम्रो नभएका कारण पनि नेपाली फिल्मले दर्शकको माया नपाएको बताएकी छन् ।

‘अनुहार नबुझिने पर्दा, बस्न गाह्रो कुर्सी र नियमित सरसफाई नहुने अझै चलचित्र घर छन्,’ रेखाले भनिन् ‘ फिल्म नचल्नुमा म हलको पनि दोष देख्छु ।’

‘महङ्गो मूल्यमा टिकट काटेपछि राम्रो सुविधा पाउनुपर्यो । यो दर्शकको अधिकार पनि हो,’ उनले थपिन्, ‘हलको अवस्थाका कारण पनि दर्शकले फिल्म हेर्न छाडेको हुन् । त्यसको प्रत्यक्ष असर नेपाली फिल्मको व्यापारमा परेको छ ।’

बिहिबारबाट नयाँ बानेश्वरमा सञ्चालनमा आएको वान सिनेमाज् हलको उद्घाटन कार्यक्रममा सहभागि रेखाले दर्शकलाई आकर्षित गर्न देशभर स्तरीय हल सञ्चालनमा आउनुपर्ने धारणा राखिन् ।

उनले पुराना हलहरुले आफ्नो स्तरोउन्नतीमा ध्यान नदिएका कारण अहिले नेपालमा मल्टीप्लेक्सको तीव्र रुपमा विकास हुन थालेका बताइन् ।

‘फिल्म राम्रो बनाएर मात्र हुँदैन । त्यसलाई देखाउनका लागि राम्रो पर्दा पनि चाँहिन्छ’ उनले भनिन् । देशभरका धेरै हलले दर्शकमाथि अन्याय गरेको समेत आफूले महशुस गरेको उनले सोही अवसरमा भनाइ राखिन् ।

त्यस्तै, कार्यक्रममा निर्देशक समेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अहिले दर्शकको पहिलो रोजाई मल्टीप्लेक्स बन्ने गरेको बताइन् ।

‘मल्टीप्लेक्स नेपाली फिल्मको व्यापारमा ठूलो सहयोग पुर्याएको छ,’ निरौलाले भनिन्, ‘नेपालमा अझै सुविधायूक्त हलको आवश्यकता छ ।’

देशैभर मल्टीप्लेक्स विस्तार गर्न सकेमात्र फिल्मले दर्शक पाउने उनको भनाई रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप