नेपालले अर्को एउटा संयुक्त जनआन्दोलनको प्रतीक्षा गर्दैछ, जसबाट साँच्चै नै तपाईंले सोचेको समाजवाद आउँछ
नेपालको सन्दर्भमा समाजवाद शीर्षकको यस कार्यक्रममा मलाई बोलाएर विचार व्यक्त गर्ने मौका दिनुभएको छ । मेरो विचारमा यो साह्रै अर्थपूर्ण कुरा छ र यसमा भोलिको राजनीतिक आन्दोलनको विकासको दिशामा एउटा सानो सङ्केत पनि छ । पूर्ववक्ता साथीहरू राम कार्की र घनश्याम भुसाल अलग पार्टीमा हुनुहुन्छ, म अलग पार्टीमा छु । उहाँहरूले यताउति काँग्रेसलाई घोचपेच पनि गर्नुभयो । मलाई यो भन्न कुनै द्विविधा छैन– दुवैजना कमरेडहरूले भन्नु भएका प्रत्येक शब्दसँग म आधारभूत रूपमा सहमत छु । उहाँहरूको कुराको पुष्टिमा र पक्षमा नै थप तर्कहरू दिन्छु । सबैभन्दा पहिला म सहिद कुशुमको सम्मानमा, स्मृतिमा आयोजित यस भामा युवाहरूलाई देख्दैछु । अचेल पार्टीहरूको मिटिङमा युवाहरू धेरै आउँदैनन् । तपाईंलाई देखेर मभित्र उत्साह दुई दुना चार बढेको छ ।
यहाँ कमरेड राम कार्कीले एउटा सजिलो परिभाषा दिनुभयो– समाजवाद के हो भन्ने बुझ्न धेरै ठूला ठूला शास्त्र पनि पढ्न पर्दैन । पुँजीवाद भनेको म, समाजवाद भनेको हामी हो । त्यो पहिले चे ग्वेभाराले भनेको भनेर दोहार्याउनुभयो उहाँले । त्यो परिभाषा शतप्रतिशत सर्मथनीय छ । त्यस परिभाषालाई केन्द्रमा राख्नुभयो भने हाम्रा कुराकानी क्रममा उठेका अनेकौँ अस्पष्टता अथवा अन्तरविरोधी कुराहरुको, अहिले भनेका–गरेका कुराले मलाई बलियो बनाउँछ कि हामीलाई भन्ने कसौँटीमा तपाईंले उत्तर पाउनेहुने छ । त्यसैले यो मूल्यवान परिभाषा हो ।
*******
सधैँ ठूला परिर्वतन साहित्यको क्षेत्रमा, कलाको क्षेत्रमा, विज्ञानको क्षेत्रमा युवाले गरेका छन् । वैज्ञानिकहरूले के अध्ययन गरेका छन् भने ३५ वर्ष नाघेपछि, अझ भनौँ ४० वर्ष नाघेपछि मानिस मौलिक चिन्तन गर्नै सक्दैन । आफूलाई दोहोर्याएर बस्छ ।
*******
सहिद कुशुमको २५, २६ वर्षको उमेरमा निधन भयो । यहाँ उपस्थित धेरै युवाहरू २५ देखि ३५ वर्षको हुनु यस सभामा सर्वाधिक सकारात्मक र आशादायी पक्ष हो । तर यहाँ भएका युवाले आफूलाई म नभनेर हामी भनेर सोच्न थाल्नुभयो भने मबाट हामीमा सङ्क्रमण हुँदै जाँदा वा अवतरण हुँदै जाँदा सम्झिनुपर्ने एउटा कुरा छ । आजसम्म इतिहासमा एकाध अपवादबाहेक अपवादले जिन्दगीको नियमलाई नै सिद्ध गर्छ भनिन्छ । सधैँ ठूला परिर्वतन साहित्यको क्षेत्रमा, कलाको क्षेत्रमा, विज्ञानको क्षेत्रमा युवाले गरेका छन् । वैज्ञानिकहरूले के अध्ययन गरेका छन् भने ३५ वर्ष नाघेपछि, अझ भनौँ ४० वर्ष नाघेपछि मानिस मौलिक चिन्तन गर्नै सक्दैन । आफूलाई दोहोर्याएर बस्छ । योभन्दा मैले निराश हुनैपर्ला, घनश्यामजी र राम कार्कीजी पनि निराश हुन बेर छैन । तर अपवादमा पर्नुहुन्छ उहाँहरू ।
यो देशको मात्रै होइन, सिङ्गो संसारकै सबैभन्दा ठूलो मान्छे यसै देशमा जन्मिएका हुन्– गौतम बुद्ध । उनी आत्मज्ञान प्राप्त गरेर सिद्धार्थ गौतमबाट बुद्ध भए । त्यो बेला उहाँको उमेर कति थियो ? २९ वर्षको उमेरमा घरबाट निस्किए । ५ या ६ वर्षपछि उनलाई बोधीवृक्षका तल ज्ञान प्राप्त भयो । उनी सिद्धार्थ वा राजकुमार रहेनन्, बुद्ध भए । सिङ्गो विश्वमा उनको शिक्षा, ज्ञान र जीवनशैलीको आलोक फिँजियो । त्यसले मनुष्यलाई सभ्य बनायो ।
https://i0.wp.com/zenstudiespodcast.com
बुद्धको पदचिन्ह अनुशरण गर्दै पश्चिममा एउटा मानिस जन्मिए, जसलाई हामी इसा मसिहका नामले जान्दछौँ । उनी सुली चढाइए, उनलाई मारियो । बर्बर रोमन साम्राज्यले मार्दा उनको कति उमेर थियो ? ३२ वर्ष मात्रै थियो ।
*******
हिंसा छोड, बर्बरता छोड, अरू त अरू, पशुपन्छीको पनि हिंसा नगर भने उनले । विश्वमा कृषि क्रान्तितर्फ सिद्धान्त अघि बढाए । म विस्तारमा जान चाहन्न । यो एउटा इतिहास छ । उनै बुद्धको पदचिन्ह अनुशरण गर्दै पश्चिममा एउटा मानिस जन्मिए, जसलाई हामी इसा मसिहका नामले जान्दछौँ । उनी सुली चढाइए, उनलाई मारियो । बर्बर रोमन साम्राज्यले मार्दा उनको कति उमेर थियो ? ३२ वर्ष मात्रै थियो ।
आधुनिक कालमा कार्ल मार्क्सले १८४६ सालमा प्रकाशन गरेको थेसिस अन फायरबाख, इकोनमिक एन्ड फिलोसफिकल म्यानुस्क्रिप्ट एउटा लेखका रूपमा लेखिएको थियो । १८४६ मा त्यो लेख लेख्दा कार्ल मार्क्सको उमेर २८ वर्ष थियो । १८४८ मा कम्युनिस्ट मेनिफेस्टो प्रकाशित गर्दा मार्क्स ३० का र एङ्गेल्स २८ का थिए ।
*******
रुसी भाषाको इस्त्रा (नेपालीमा ज्वाला, झिल्को वा फिलिङ्गो) छाप्दा पनि लेनिन युवा नै थिए । लेनिनका अनन्य मित्र मार्तोव त लेनिनभन्दा २ वर्ष कान्छा थिए । रोजा लक्जेम्बर्ग लेनिनभन्दा एक वर्ष कान्छी थिइन् । त्यो काल मार्क्सवादका स्वर्णीम युग थियो भनेर कट्टर विरोधीले पनि लेखेका छन् ।
*******
लेनिनको राजनीतिक जीवनको सबैभन्दा प्रभावशाली पुस्तक ह्वेर टु बिगिन, ह्वाट्स टु बी डन ? भन्ने मानिन्छ । जनवादी केन्द्रीयताका सिद्धान्तको प्रतिपादन गरेको त्यो लेख्दा उनको उमेर ३५ वर्ष थियो । ह्वेर टु बिगिन लेख्दा उनी ३१, ३२ वर्षका थिए । होयर टु बिगेन भन्ने १२, १५ पेजको सानो पुस्तिकामा ह्वाट इज टु बी डन भन्ने सार थियो । रुसी भाषाको इस्त्रा (नेपालीमा ज्वाला, झिल्को वा फिलिङ्गो) छाप्दा पनि उनी युवा नै थिए । लेनिनका अनन्य मित्र मार्तोव त लेनिनभन्दा २ वर्ष कान्छा थिए । रोजा लक्जेम्बर्ग लेनिनभन्दा एक वर्ष कान्छी थिइन् । त्यो काल मार्क्सवादका स्वर्णीम युग थियो भनेर कट्टर विरोधीले पनि लेखेका छन् । मार्क्सवादको क्षेत्रमा नयाँ नयाँ सिद्धान्तहरू लेख्ने ती मानिसहरुको नाम अहिले धेरै सुनिँदैन । कतिपयको स्टालिनको पालामा बर्बर हत्या गरियो । बुखारिनले ३६ वर्षसम्म साम्राज्यवादका बारेमा लेनिन र रोजासँग राय बझाएर काम गरेका छन् । ट्रटस्की लगायत सब ३५ का हाराहरीमा थिए । काँग्रेसको नामभन्दा तपाईंहरूलाई आपत्ति छैन भने बीपी कोइरालाले २००७ सालको क्रान्तिको नेतृत्व गर्दा ३२ वर्षका थिए । पुष्पलालजी उहाँभन्दा पनि कान्छो हो ।
बीपीको कुरा गर्दा उनको हाराहारीमा त्यतिबेला सक्रिय किसनुजी ७ सालको क्रान्तिपछि बनेको सल्लाहकार सभाको सभामुखमा नियुक्त हुँदा तिनको उमेर नै पुगेको थिएन भनेर मुद्दा चल्यो । २५ वर्ष पुग्नुपर्ने विधान थियो ।
अमेरिकी स्वतन्त्रता युद्धका एक एक नेताहरूलाई सम्झिनुहोस् । वासिङ्टन अलिकति पाका थिए । सबैभन्दा बुढा बेन्जामिन फ्र्याङ्कलिन थिए । थोमस जेफर्सन, एडम्स आदि त्यहाँका संस्थापकहरु नेताहरू युवा थिए । पछि वासिङ्टनको मन्त्रीमण्डलमा अर्थमन्त्री भएका अलेक्जेन्डर हेमल्टन भन्ने मान्छे त्यसबेला २० वर्ष पनि पुगेका थिएनन् । उनी वासिङ्टन प्रमुख रहेका मुक्ति सेनाका जनरल थिए ।
त्यसकारण, जे गर्ने हो युवाहरूले गर्ने हो । यो कुनै कविताको कुरा होइन । तपाईंहरूलाई उचाल्न मात्रै गरेको कुरा होइन । इतिहासको यो कठोर वास्तविकतामा हामी छौँ । अहिले कुशुम पनि २५, २६ को उमेर सहिद हुनुभएको छ । त्यसैको हाराहारीमा सुन्नुभए होला ओखलढुङ्गामै अलि तल टिम्बुरबोटेमा सहिद हुँदा राम र लक्ष्मण २५ पुगेर २६ टेकेका थिए ।
यहाँ कमरेड राम कार्की, घनश्याम भुसालले समाजवादी आन्दोलनको इतिहासको धेरै पाना पल्टाउनुभयो । सामान्यतः समाजवादको कुरा गर्दा चर्चा नगरिने अत्यन्त महत्त्वपूर्ण नामहरूमध्ये कमरेड राम कार्कीले एक जना रोजा लम्जेम्बर्गको नाम लिनुभयो । उहाँले सही नै भन्नुभयो । मार्क्सवादी परम्परामा कार्ल मार्क्सपछिका सबैभन्दा प्रभावशाली नेतृ उहाँ हुनुन्थ्यो । उहाँ मारिनुभयो ।
जर्मनी सेनाको संरक्षणमा पालिएका गुण्डाहरू थिए, जसलाई फ्री कर्प्स (Freikorps) भनिन्थ्यो जर्मनीको भाषामा । त्यो पञ्चालकालमा मण्डले भएजस्तै मनपरी गर्ने, मण्डलेभन्दा महामण्डले प्रतिक्रियावादी सङ्गठन त्यहाँको सेनाले बनाएका थिए । तिनै मण्डलेहरूको हातबाट रोजा मारिनुभयो । त्यसबेला उहाँको उमेर ४८ र ४९ बीचमा थियो । उहाँले आफ्ना देहान्तअघि धेरै महत्त्वपूर्ण साहित्यिक–राजनीतिक कृतिहरू लेखेर जानुभएको छ । बल्ल आएर उहाँका प्रति विश्वको ध्यान जाँदै छ ।
उहाँको एउटा चर्चित लेखको चर्चा गर्दै राम कार्कीले भन्नुभयो– आगामी भविष्य भनेको बर्बरता हुने हो या समाजवाद ? या त संसारमा बर्बरता हुन्छ, पाशविक राज्य हुन्छ, जङ्गली युगमा फर्किन्छौँ या होइन भने समाजवाद नै लागू हुनुपर्छ ।
*******
म अर्को खतरा देख्दैछु । समाजवाद त यस संविधानमा रहन्छ रहन्छ, अन्य देशले पनि समाजवाद ल्याएका थिए । हामीले त महासमाजवाद ल्याउँछौँ भन्न बेर छैन, विधानमा संशोधन गरेर । समाजवादले पुगेन महासमाजवाद ल्याउनेऽ विकट समाजवाद ल्याउने । यो खतराबारे सावधान गर्न चाहन्छु ।
*******
यता आएर त्यसपछाडि कमरेड घनश्याम भुसालले भन्नुभयो– परिस्थिति बिग्रिराखेको छ । संविधानमा समाजवाद लेखिएको छ । तर हाम्रा शासक, मन्त्री, प्रधानमन्त्री सबैले नेताहरूले, उहाँहरूले गर्नुभएको क्रियाकलापले हामी बेगैपिच्छे समाजवादको विपरीत दिशामा जाँदैछौँ । हुँदाहुँदै उहाँले भन्नुभयो– ‘यसरी हामी नित्य समाजवादका विपरीत दिशामा गयौँ भने हाम्रो नेताले भन्नथाल्न बेर छैन– समाजवाद त काममै कामै लागेन । आलु पनि फलेन धान पनि फलेन, सबै विदेशबाट ल्याउनुपरेको छ । मान्छे पनि विदेश बसेकाले त्यहाँ जागिर पाउन छाडे । समाजवाद हटाइदिऊँ । यो फापेन भन्न पनि सक्छन् ।’ कमरेड भुसालजी ! नफापे त बेसै हुने थियो, खासै फरक पर्ने थिएन । तपाईं–हामी यतै कतै घुमीवरि बाँचेकै हुनेथियौँ । म अर्को खतरा देख्दैछु । समाजवाद त यस संविधानमा रहन्छ रहन्छ, अन्य देशले पनि समाजवाद ल्याएका थिए । हामीले त महासमाजवाद ल्याउँछौँ भन्न बेर छैन, विधानमा संशोधन गरेर । समाजवादले पुगेन महासमाजवाद ल्याउने । यो खतराबारे सावधान गर्न चाहान्छु ।
लेनिनले रुसमा क्रान्ति गर्दा सारा दुनियाँ उनका उपर जाइलागे, आक्रमण गरे । ‘रुसमा अर्धविकसित देशमा कृषिप्रधान देशमा समाजवाद हुन्छ ? के खोजेको तैँले ?’ भनेर काउत्स्कीले, बर्नस्टिनले, प्लेखानोभले, अस्ट्रेलियाका ठूला ठूला समाजवादीहरूले भने । लेनिनले भने– ‘समाजवाद एक्लैले गर्ने हो र ?
*******
लेनिनले रुसमा क्रान्ति गर्दा सारा दुनियाँ उनका उपर जाइलागे, आक्रमण गरे । ‘रुसमा अर्धविकसित देशमा कृषिप्रधान देशमा समाजवाद हुन्छ ? के खोजेको तैँले ?’ भनेर काउत्स्कीले, बर्नस्टिनले, प्लेखानोभले, अस्ट्रेलियाका ठूला ठूला समाजवादीहरूले भने । लेनिनले भने– ‘समाजवाद एक्लैले गर्ने हो र ? समाजवादको अन्तर्राष्ट्रियकरण भएको छ । ऊ जर्मनीमा क्रान्ति हुँदैछ हेर । जर्मनीको समाजवादी क्रान्ति सकिएपछाडि त्यहाँको प्रविधि त्यहाँको ज्ञान, त्यहाँको नयाँ उत्पादन प्रणालीको हामी बोझ लिन्छौँ । हाम्रो जनशक्ति त्यहाँ गएर काम गर्छन् आदि इत्यादि ।’ तर जर्मनीमा क्रान्ति भएन । जर्मनीमा त्यही क्रान्ति गर्ने क्रममा रोजा लक्जेम्बर्ग सहिद हुनुभयो । जर्मनीमा क्रान्ति असफल प्रयास भयो, रोजा असफल भइन् । कमरेड कारलिन पनि सहिद भए । त्यसपछि जर्मनीमा समाजवाद नाममा दुईवटा पार्टी भए । एउटा सोसियल डेमोक्रट पार्टी, अर्को कम्युनिस्ट पार्टी । एउटै पार्टी फुटेर दुईवटा भए । कम्युनिस्ट पार्टी जर्मनी, सोसियल डेमोक्रेटिक पार्टी जर्मनी । अहिले दुई तिहाइको गर्व गर्ने नेकपा, समाजवाद भन्ने कांग्रेस, उपेन्द्र बाबुरामको भोट पनि गन्ने हो भने दुई तिहाइ होइन, ९० प्रतिशत संख्या पुग्छ समाजवादीहरुको । पहिले पनि पुगेका थिए । सीपी मैनाली, वैद्य, रोहित, मोहन विक्रमहरुको बेग्लै पार्टी छ । त्यस्तै अवस्था जर्मनीको पनि थियो । त्यस्तै अवस्थामा जर्मनीका एक युवा हिटलर निस्किए । देशमा निराशा थियो । बेरोजगारी थियो । भ्रष्टाचार थियो । हिटलरले यिनीहरू नक्ली समाजवादी हुन्, असली समाजवादी म हुँ भने । यिनीहरूको समाजवाद राष्ट्रविरोध छ, मेरो समाजवाद राष्ट्रिय समाजवाद हो भने । हिटलरले पार्टीका नाम नेसनल सोसलिस्ट पार्टी राखे ।
https://annefrank.freetls.fastly.net/media/filer_public_thumbnails
आत्मघाती समाजवादी भएको हुनाले, मुख्य सत्रुलाई नचिनिकन नै एकअर्कासँग हानाथाप गरेर हिँड्ने, अर्कासँग काटाकाट गरेर हिँड्ने । त्यो स्थितिमा हिटलरको उदय भयो । यो इतिहाससिद्ध कुरा हो । त्यो जर्मनीमा भयो, केको यहाँ आउँछ भन्नु त भएन नि । त्यस्तै परिदृश्य नेपालमा देखिरहेको छु ।
*******
यसरी चिन्ता नगर्नुस्, समाजवाद छोडिँदैन । राष्ट्रवादी समाजवादी हुन्छ । यिनीहरू रुस, चाइना, भारतबाट प्रेरित छन्, यी केका समाजवादी हुन्छन्, म पो राष्ट्रिय समाजवादी । अब केही लाग्यो ? जुन बाटोमा जर्मनी जाँदै थियो र गयो, समाजवादी नभएर होइन, धेरै समाजवादी भएर तर तिनीहरू निरिह, नपुंसक, पङ्गु, आत्मघाती समाजवादी भएर हो । आत्मघाती समाजवादी भएको हुनाले, मुख्य सत्रुलाई नचिनिकन नै एकअर्कासँग हानाथाप गरेर हिँड्ने, अर्कासँग काटाकाट गरेर हिँड्ने । त्यो स्थितिमा हिटलरको उदय भयो । यो इतिहाससिद्ध कुरा हो । त्यो जर्मनीमा भयो, केको यहाँ आउँछ भन्नु त भएन नि ।
त्यस्तै परिदृश्य नेपालमा देखिरहेको छु । नाम समाजवादको रहन्छ । संविधान मोटामोटी दुई चारवटा धारा बदलिन्छ । संविधान बदल्ने अभ्यास हामीले प्रशस्त गरिराखेका छौँ । राजा ज्ञानेन्द्रले मात्र होइन, हामीले पनि गरेका छौँ । बहुदलको शासनमा खिलराज रेग्मीलाई ल्याउन २० हो कि २२ धारा बदलियो । यस्तै २०, २२ धारा बदलेर के भनिन्छ भने ‘समाजवाद कहाँबाट आयो ? गल्ती भएछ, यो विदेशी समाजवाद रहेछ । अब राष्ट्रिय समाजवाद ल्याइन्छ ।’ अब केही लाग्यो ? राष्ट्रवादी पनि, समाजवादी पनि सन्तुष्ट । त्यो खतरा मैले देखिरहेको छु । समाजवाद हट्ने खतरा देखेको छैन मैले । समाजवादको नयाँ भाष्य निकाल्ने छन् ।
अघि राम कार्कीले भन्नुभयो, लेनिन त साधारण जीवन बिताउँथे । एमदम सत्य हो । हामीसँग लेनिनका खानपिनको पनि रेकर्ड छ । आम जनताले जो रासन पाउँथ्यो, युद्धको दौरान रुसमा बाध्यता थियो, घोडाको मासु खानुपर्थ्यो । उनको जीवनीकारले लेखेका छन्– आम नागरिकले भन्दा बढ्ता रासन उनले लिँदै लिएनन् । उनको कोठाको वर्णन, उनले खाएको वर्णन, उनको लुगाफाटोको वर्णन छ । लेनिनले सादा खान्थे भन्दा चाउचेस्कु को थियो ? तेरो बाउ थियो भन्दा के गर्ने ? नराम्रो नराम्रो कुरा छानेर चाउचेस्कीको जस्तो विलासिता, अर्को नर्थ कोरियाको जस्तो शासन, पोलपोटको जस्तो जातीय उन्माद गरेपछाडि के भन्ने ?
यही हो असली समाजवाद, यो चाहिँ राष्ट्रिय समाजवाद हो बुझिस् भनेपछि के लाग्यो ? त्यसैले, जर्मनीको शिक्षाबाट आजका नेपालले ठूलो शिक्षा लिनुपर्छ । जर्मनीको मात्रै होइन, सोभियत युनियनको पतन/विघटन पछाडि खण्डीकरण भएको इतिहासबाट पनि शिक्षा लिनुपर्छ । तपाईंहरूको धाराको र हामीले प्रतिनिधित्व गरेको धाराको समाजवादको सार्थक सन्देश बताउन मलाई उत्साह आएको छ । सोभियत सङ्घले अत्यन्त राम्रो काम गरेको थियो । सारा संसारमा बेरोजगारीको आतङ्क हुँदा पनि सोभियत युनियनमा बेरोजगार थिएन । आम मान्छेको शिक्षा, र स्वास्थ्य, जसलाई लाई कल्याणकारी व्यवस्था भनिन्छ, दालभात तरकारीको व्यवस्था सोभियत सङ्घले गरेको थियो । अझ पछि माओत्से तुङको पालामा त चीनमा झन्डैझन्डै एक अर्ब पुग्न आटेको जनसङ्ख्या पनि थाम्यो, भोकै मरेको रेकर्ड छैन ।
*******
एक अर्ब मानिसलाई साक्षर बनाउने, स्वास्थ दिने, शिक्षा दिने, रोजगार दिने चाहिँ तानाशाही अनि मनपरी बोल्न दिने, लेख्न दिने, खान नदिने, रोजगार नदिने, व्यवस्था चाहिँ प्रजातन्त्र ?
*******
एक अर्ब मानिसलाई साक्षर बनाउने, स्वास्थ दिने, शिक्षा दिने, रोजगार दिने चाहिँ तानाशाही अनि मनपरी बोल्न दिने, लेख्न दिने, खान नदिने, रोजगार नदिने, व्यवस्था चाहिँ प्रजातन्त्र ? म राजनीतिक जीवनको प्रारम्भदेखि के भन्दै छु भने आफूलाई कम्युनिस्ट आधारित भन्नेहरु पनि एक किसिमका जनवादी नै हुन् । प्रजातन्त्रवादी नै हुन् । उनीहरूले मनुष्यका आधारभूत आवश्यकता पूरा गरेका छन् । तर त्यहाँ लेख्ने, बोल्ने र पार्टी खोल्ने, सङ्गठन बनाउने स्वतन्त्रता छैन । त्यो पुरानो समाजवादको कमजोरी हो । जुन फ्रान्सेली राजनीतिक क्रान्तिले राइट्स अफ म्यान भनेर घोषणा गरिदियो । नागरिक अधिकारका लागि अब जेसुकै भए पनि लेख्ने, बोल्ने र सङ्गठन बनाउने स्वतन्त्रता अनि समय समयमा जनताको राय बुझ्न जाँदा जनताका पछाडि जाने स्वतन्त्रता र भएर समाजवादको समन्वय भएको छ । रुसमा क्रान्ति भएको १ सय वर्ष भइसक्यो । समाजवादका थुप्रै परिभाषा हुन सक्छन् । धेरै लेखकहरूको नाम लिन सकिन्छ ।
लेनिनका विरुद्धमा सारा दुनियामा मानिस खनिएका थिए । मार्क्सका समकक्षीहरू, लेनिनका गुरु भन्न मिल्नेहरू सबैले ‘लेनिन यस्तो हो उस्तो हो, अपराधी हो, लुटेरा हो, बर्बर हो’ आदि भनेर आलोचना गर्दा रोजा लक्जेम्बर्गले भनिन्– ‘तर क्रान्ति त गर्यो नि !’
*******
एउटा परिभाषामा प्रत्येक व्यक्तिले सहमत हुनुपर्नेछ । त्यो परिभाषा हो– समाजवाद भनेको ठोस परिस्थितिको ठोस विश्लेषण हो । समाजवादको अर्को नाम हो– ऐतिहासिक भौतिकवाद । समाजवादको नाममा विश्वमा १ सय वर्षमा केके भयो ? त्यसको अध्ययन त्यसबाट आउने निष्कर्ष के हो भने समाजवादका नाममा प्रयोग हुने कुनै पनि व्यवस्थाले नागरिक अधिकारमाथि हमला गर्न पाउँदैन, हुँदैन । गर्यो भने त्यो गलत दिशामा जान्छ । यही विन्दुमा अमर सहिद रोजा लक्जेम्बर्गले पनि लेनिनका विरुद्धमा लेखेकी छिन् । लेनिनका विरुद्धमा सारा दुनियामा मानिस खनिएका थिए । मार्क्सका समकक्षीहरू, लेनिनका गुरु भन्न मिल्नेहरूले पनि आलोचना गरेका छन् । प्लेखानोभलाई लेनिनले गुरुको स्थानमा राख्नुहुन्थ्यो कार्ल ट्रटस्कीलाई लेनिनले गुरुको स्थानमा राख्नुहुन्थ्यो । लेनिनका कतिपय कृति ट्रटस्कीका उद्धरणबाट सुरु भएका छन् । ती सबैले ‘लेनिन यस्तो हो उस्तो हो, अपराधी हो, लुटेरा हो, बर्बर हो’ आदि भनेर आलोचना गर्दा रोजा लक्जेम्बर्गले भनिन्– ‘तर क्रान्ति त गर्यो नि !’
*******
लेनिन गरेका ती कामसँग तत्कालीन वातावरण र स्प्रिट अनुसार त्यतिबेलाको मान्यता थियो कि नेताहरूको आलोचना प्रतिआलोचना गर्न पाइन्छ । नेताले कुनै धारणा लिए पछाडि त्यस धारणाका विपरीत धारणा, समाधानको धारणा राख्न पाइन्छ । रोजा र लेनिनले गरेको प्राक्टिस हो ।
*******
लेनिन गरेका ती कामसँग तत्कालीन वातावरण र स्प्रिट अनुसार त्यतिबेलाको मान्यता थियो कि नेताहरूको आलोचना प्रतिआलोचना गर्न पाइन्छ । नेताले कुनै धारणा लिए पछाडि त्यस धारणाका विपरीत धारणा, समाधानको धारणा राख्न पाइन्छ । रोजा र लेनिनले गरेको प्राक्टिस हो । संविधानसभाको विघटन, नागरिक अधिकारको अपहरण, राष्ट्रियताको प्रश्न आदिमा पनि रोजाको बेग्लै धारणा थियो । दुईवटा आधारभूत कुरा, जसलाई हामी नगारिक अधिकार भन्छौँ– यथार्थमा त्यसको प्रत्याभूति, त्यसको ग्यारेन्टी प्रत्येक समाजवादी समाजमा हुनुपर्छ ।
यी भन्ने बित्तिकै समाजवादको निर्माणका समस्या हल हुँदैनन्, मलाई थाहा छ । समाजवाद निर्माणको समस्या योभन्दा जटिल छ । नेपालमा समाजवादको निर्माण विषयमा उठेका सबै प्रश्नहरूको उत्तर घनश्यामजीले दिन सक्नुहुन्न, राम कार्कीले दिन सक्नुहुन्न । त्यतिबेला के हुन्छ ? त्यसको उत्तर त तत्कालीन परिस्थितिले दिन सक्छ ।
*******
अब भिडियो कन्फरेन्स गर्न भनेर मार्क्सले लेख्नुभएको छैन भन्ने खालका तर्क गर्न थाल्नुभयो भने हुँदैन ! धेरै यस्ता कुरा थिए, जो मार्क्सलाई थाहा थिएन । मार्क्सको कुरा छाडौँ; लेनिन, बीपी कोइराला, पुष्पलाललाई पनि थाहा थिएन । अरू त अरू स्वर्गीय मदन भण्डारीलाई थाहा थिएन ।
*******
यसरी सञ्चार क्रान्ति होला, सिङ्गापुरमा बसीबसी प्रधानमन्त्री कमरेड ओलीले भिडियो कन्फरेन्स गर्नुहोला भन्ने थाहा थियो त मार्क्सलाई ? थाहा थिएन नि त । अब भिडियो कन्फरेन्स गर्न भनेर मार्क्सले लेख्नुभएको छैन भन्ने खालका तर्क गर्न थाल्नुभयो भने हुँदैन ! धेरै यस्ता कुरा थिए, जो मार्क्सलाई थाहा थिएन । मार्क्सको कुरा छाडौँ; लेनिन, बीपी कोइराला, पुष्पलाललाई पनि थाहा थिएन । अरू त अरू स्वर्गीय मदन भण्डारीलाई थाहा थिएन । यसको उत्तर त आफूले सोध्नुपर्यो, आफूले बताउनुपर्यो । सोच्नु पर्यो र बताउनु पर्यो भन्ने त्यही कुरालाई नेपालका ती सबैभन्दा अग्ला सपुत गौतम बुद्धले मर्ने बेलामा जवाफ दिएका थिए ।
‘गुरु तपाईं मर्न आँट्नु भयो । हामी कसलाई हेर्ने ?’ भन्दा बुद्धको अन्तिम जवाफ थियो – अप्प दीप भवः अर्थात् आफैंले आफैभित्र जानकारी खोज्नू । गौतम बुद्धले अर्को कुरा भन्नुभएको थियो– सबै समस्याका कारण हुन्छन् । समस्या छन्, सबै दुःखका कारण छन् । दुःख छ, अर्थात् यसरी भनौँ भोकमरी, गरिबी, अशिक्षा बेरोजगारी छन् र तिनका कारण छन् । घनश्यामजीले भन्नुभो, दलाल पुँजीवादी छ । हाम्रो राम कार्कीले भन्नुभयो यसका केही कारण केही नेताहरूको क्रियाकलाप र व्यवहार छन्, प्रश्नै गर्न दिँदैनन् । अब अरू नेताले भन्लान्, गरिबीका कारण म प्रधानमन्त्री नबनेर हो । मैले प्रधानमन्त्री बन्न पाएँ देखाइदिइन्थेँ । यस्तो भन्ने कति होलान् ! मेरो विचारमा नेतृत्व मण्डलमा १० जना जति छन् । हरेक पार्टीका २, ४ जना प्रधानमन्त्री बन्ने इच्छुक छन् ।
होइन, त्यस्ता आत्मगत कारण छैनन्, वस्तुगत कारण छन् । हाम्रो उत्पादनको प्रणाली, उत्पादनको सम्बन्ध नै सबैथोक होइन । यस मुलुकको विद्यमान सांस्कृतिक बौद्धिक र भावनात्मक अवस्था, जसलाई मार्क्सवादको भाषामा वस्तुगत र आत्मगत शक्ति भनिन्छ ।
समाजवादको इतिहासमा पहिले एउटा तर्कपूर्ण बौद्धिक र सिद्धान्तगत आन्दोलनका रूपमा यो थालियो र मानिसहरूले लेख लेख्न थाले । पुँजीवादले अचाक्ली गर्यो, यसले खालि म म मात्रै भन्न सिकायो, हामी भनेन । व्यक्ति धनी भए, व्यक्ति अगाडि बढे । समाज त झन झन बिग्रिँदै गयो भनेर १८ शताब्दीको मध्यतिर अलि पहिलेदेखि नै बेलायत, जर्मनीमा भएको कारखाना शोषणका बारेमा संवेदनशील बुद्धिजीवी मान्छेहरूले लेखे । बुद्धको पनि हामी कथा पढ्छौँ– उनले गरिबी, बिरामी, मृत्यु देखेर चिन्तित भए भन्छौँ । त्यहीँ सिलसिलामा उनले भने दुःखको कारण छ र कारणको निवारण छ भने, जसलाई चार आर्यसत्य भनिन्छ ।
*******
मार्क्सको विचारधारामा अरू कुनै चिन्तनभन्दा पनि बढी हेगेलको दर्शन र सेन्ट साइमनको राजनीतिक विश्लेषण र वर्गीय दृष्टिकोणको महत्त्वपूर्ण छाप देखिन्छ । मार्क्सको प्रादुर्भाव भएपछि सामाजवादी चिन्तनको इतिहासमा सूर्यको उदयभएपछि सारा ग्रह, तारा, चन्द्रमाहरू नदेखिएजस्तै भयो ।
*******
त्यसरी नै समाजवादी विचारहरू देखिन थाले । अहिले हामीले उनीहरूको त्यति धेरै सम्झाना गर्दैनौँ । समाजवादी आन्दोलनको इतिहास पढ्दा हामी सबैलाई थाहा छ : चार्ल्स फुरियर, रोबर्ट ओबेन, प्रुदो, ब्लान्की, सेन्ट ससाइमन आदि थिए । कार्ल मार्क्स युवा अवस्था हुँदा उनको घरकै छेउमा एउटा विद्वान मानिसको घर थियो । तिनका पुस्तकालयमा पाइएका किताबहरू, खासगरी सेन्ट साइमनले लेखेका समाज व्यवस्था र अरू अरू धेरै कुरा उनले पढे । मार्क्सको विचारधारामा अरू कुनै चिन्तनभन्दा पनि बढी हेगेलको दर्शन र सेन्ट साइमनको राजनीतिक विश्लेषण र वर्गीय दृष्टिकोणको महत्त्वपूर्ण छाप देखिन्छ । मार्क्सको प्रादुर्भाव भएपछि सामाजवादी चिन्तनको इतिहासमा सूर्यको उदयभएपछि सारा ग्रह, तारा, चन्द्रमाहरू नदेखिएजस्तै भयो । मार्क्सपछि ती उनीभन्दा अघिका समाजवादी विचारधारा भएकालाई बिर्सियौँ, तिनको चर्चा भएन ।
भनियो कि मार्क्सले उनीहरूलाई काल्पनिक समाजवादी भने । कम्युनिस्ट मेनिफेस्टो भन्ने किताब छ । समाजवादमा रुचि राख्ने र अलिकति पनि पढ्ने चासो राख्ने युवा विद्यार्थीले त्यो कम्युनिस्ट मेनिफेस्टो पढ्नै पर्छ । अघि राम कार्कीले नाम लिनु भएको सीके प्रसाईंले त्यसको बारेमा लामो भूमिका लेख्नुभएको छ ।
कम्युनिस्ट मेनिफेस्टोमा अहिले युरोपमा विद्यमान विभिन्नथरीका समाजवाद भनेर सबैको चर्चा गरिएको छ । त्यही सिलसिलामा मार्क्स–एंगेल्सले काल्पनिक समाजवादको कुरा गर्नुभएको छ । एक प्रकारले त्यो धेरै सकारात्मक प्रस्तुति छैन । उनीहरू भन्दा हामी अगाडि छौँ भन्ने उहाँहरूको भावना देखिन्छ । तर लगत्तैपछाडि मार्क्सकै जीवनकालमा फ्रेडरिक एङ्गेल्सले मोटो किताब लेखे, जुन ‘एन्टी ड्युरिङगन’को नामले प्रसिद्ध छ । त्यसको एउटा अंश समाजवाद : काल्पनिक र वैज्ञानिक (सोसोलिजम : युटोपियन एन्ड साइन्टिफिक) भन्ने छ ।हाम्रो पुस्तामा पढ्दै थियौँ, अचेल त पढ्नै पाइँदैन होला । अचेल पुँजीवादीले छाप्दैनन्, हामीले पढ्न पनि छाडिदियौँ ।
त्यसमा एङ्गेल्सले काल्पनिक समाजवादीहरूको मुरी मुरी प्रशंसा गर्नुभएको छ । भन्नुको अर्थ तिनकै काँधमा चढेर, तिनले देखाएको बाटोमा हिँडेर मार्क्स एङ्गेल्स धेरै अगाडि बढे । एङ्गेल्सले त ओवेनसँग क्लास नै लिएका कुराहरूको हामीसँग प्रमाण छ । मार्क्स पुग्नुभयो वा भएन थाहा छैन ।
*******
रुसी क्रान्तिपछि दुनियाँमा भएका घट्नाक्रमहरु, सोभियत युनियनको विगठन,भूमण्डलीकरणका नाम आएको त्रास र सन्त्रासको अध्ययन गरेका छौँ ?
*******
कम्युनिस्ट मेनिफेस्टो छापिएको पनि झन्डैझन्डै २ सय वर्ष हुन आट्यो । ढेड सय वर्ष हामीले मनायौँ । रुसी क्रान्ति भएको पनि झन्डै झन्डै १ सय वर्ष भयो । इतिहास त्यहाँ रोकिएको छैन । अघि कमरेड राम कार्कीले बारम्बर भन्नुभयो, ‘हामी इतिहासको बन्दी नबनौँ ।’ के हामीले रुसी क्रान्तिपछि दुनियाँमा भएका घट्नाक्रमहरु, सोभियत युनियनको विगठन,भूमण्डलीकरणका नाम आएको त्रास र सन्त्रासको अध्ययन गरेका छौँ ?
अनि अर्को मार्मिक कुरा घनश्यामजीले भन्नुभयो– ‘अमेरिकामा एक प्रतिशत अमिरिकन पुँजीपतिको हातमा त्यस देशको ९९ प्रतिशत सम्पत्ति केन्द्रित भइसकेको छ ।’ लगभग होला त्यस्तै छ । तर प्रत्येक वर्ष त्यो केन्द्रीकरण झनझन तीव्र भएको छ । यो हाम्रो डाटा होइन । मैले कुनै अन्तर्राष्ट्रिय मान्यता प्राप्त पुँजीवादी डाटा हेरेको छु, त्यो विश्व बैङ्कको डाटा हेरेको छु । त्यो मात्रै होइन । देश र देशका बीचमा, राष्ट्रिय राज्य र राष्ट्र राज्यका बीचमा पनि गरिबीको, विपन्नताको, ठूलो र सानोको खाडल झन झन बढेर गएको छ ।
देश र देशका बीचमा एकातिर गरिबी, भोकमरी थुप्रिरहेको छ । अर्कोतिर सम्पन्नताको विलासिता भोक, असन्तोष, तनाव रआत्महत्या पनि बढिरहेको छ । जीवनबाट माया, प्रेम, सद्भाव समाप्त भएको छ । दुवै पक्षका मानिसहरू व्याकुल छन् । एउटा भोकमरी कसरी अन्त्य होला भनेर अर्को मानसिक शान्ति कसरी पाइएला भनेर ।
आज समाजवादको कार्यक्रम मनाउँदा इतिहासको बोझ नबोक्ने भन्ने राम कार्कीको भनाइलाई हामीले राम्ररी बुझ्नुपर्छ । स्वयम राजनीतिज्ञहरूले बुझ्नुपर्छ । विगत १ सय वर्षको समाजवादी प्रयोगको शिक्षा के हो ? रुसको शिक्षा के हो ? चीनको शिक्षा के हो ? बेलायतमा पनि समाजवाद विश्वास गर्ने पार्टी रहेको छ । जर्मनीमा पनि थियो । भारतमा पनि इन्दिरा गान्धीले समाजवाद भनेर धेरै हल्ला गरिन् । त्यो निष्कर्षका आधारमा भन्दा, मार्क्सले भनेजस्तै ‘ठोस परिस्थितिको ठोस विश्लेषण’ गर्नुपर्छ । जुनसुकै पार्टीमा रहेको भए पनि, जुनसुकै आन्दोलनबाट आएको भए पनि कतिपय निश्चित सवालमा सबैभन्दा अग्रपंक्तिमा– महिलाको अधिकार र स्वतन्त्रता, दलितको अधिकार, दलितको सशक्तीकरण, पर्यावरणको रक्षाको सवाल आदि सवालहरु छन् । यी अहिलेका २१ औँ शताब्दीमा समाजवादी एजेन्डाहरू हुन् । त्यस्तै राष्ट्रिय अर्थतन्त्र र आत्मनिर्भरताको सवालमा हरेक पार्टीबाट हामीले आवाज उठाउनुपर्छ र आवाज उठाउन प्रेरित गर्नुपर्छ ।
*******
अब अहिले पार्टीबाट उठ, सङ्गठनबाट उठ, समूहबाट उठ, ग्याङबाट उठ, गिरोहबाट उठ भन्नुपर्छ । केका लागि उठ भन्दा नेपाललाई चाहिने कार्यक्रमका लागि उठ ।
*******
एक जमानाका कम्युनिस्ट क्रान्तिकारीहरूको नारा थियो– गाउँघरबाट उठ, खेतबाट उठ, स्कुलबाट उठ, कलेजबाट उठ सबैतिरबाट उठ । अब अहिले पार्टीबाट उठ, सङ्गठनबाट उठ, समूहबाट उठ, ग्याङबाट उठ, गिरोहबाट उठ भन्नुपर्छ । केका लागि उठ भन्दा नेपाललाई चाहिने कार्यक्रमका लागि उठ । त्यसका लागि आदरणीय कमरेडहरूले हामी जस्ता मान्छेलाई लिएर यस्ता गोष्ठी गरिराख्नुपर्छ जस्तो लाग्छ मलाई । गोष्ठीबाट नै कुरा अगाडि बढ्छ ।
*******
जुन दिन यस किसिमका गोष्ठीलाई प्रतिबन्ध लगाउने प्रयास सरकारले गर्ला, त्यही दिन यहाँ आन्दोलनको सुरुवात हुन्छ, क्रान्तिको सुरुवात हुन्छ । यस्तो गोष्ठी गर्नुहोस्, यस्तो तेज बोल्नुहोस्, सरकार त्यसमाथि प्रतिबन्ध लगाउन लाचार होस् ।
*******
जुन दिन यस किसिमका गोष्ठीलाई प्रतिबन्ध लगाउने प्रयास सरकारले गर्ला, त्यही दिन यहाँ आन्दोलनको सुरुवात हुन्छ, क्रान्तिको सुरुवात हुन्छ । यस्तो गोष्ठी गर्नुहोस्, यस्तो तेज बोल्नुहोस्, सरकार त्यसमाथि प्रतिबन्ध लगाउन लाचार होस् । रुसी क्रान्ति सुरु हुँदा बोल्सेभिक पार्टीको क्याम्पमा भन्ने तत्कालीन केरेन्स्कीको आदेशमा पुलिसले ताला लगायो । ट्रटस्कीले ताला तोड भने । सरकार जोसुकैको होस्, शेरबहादुरको होस, बाघबहादुरको होस्, ओलीको होस्, प्रचण्डको होस्, मतलब छैन । त्यो चाहिँ यस्तै गोष्ठीबाट हुन्छ ।
एजेन्डामा हामीले सबैभन्दा पहिला महिलालाई राख्नुपर्छ । महिलाभन्दा बढी दलितलाई दिनुपर्छ । जनजातिको, मधेसी अधिकार छ । महिला नै एक प्रकारका दलित हुन् । त्यसपछि नागरिक अधिकार रक्षा गदै, सामाजिक हितमा, म होइन कि हामीको हितमा स्वास्थ्य नीति शिक्षा नीति, गाँस, बास, कपासको समस्या हल गर्छौं भन्नुपर्छ ।
*******
रुसको विघटन भएपछि सोसल डेमोक्रेसी र कम्युनिस्ट पार्टीको झगडा सिद्धियो । अब मिलेर काम गर्नुपर्छ ।
*******
रुसको विघटन भएपछि सोसल डेमोक्रेसी र कम्युनिस्ट पार्टीको झगडा सिद्धियो । अब मिलेर काम गर्नुपर्छ । तपाईंले पनि जहाँसम्म हुन्छ, कमभन्दा कम काँग्रेसलाई आक्षेप गर्नुहोस् विचारमा बाहेक । म पनि कमभन्दा कम तपाईंहरूको पार्टी गर्छु । आक्षेप चाहिँ गर्दै जाऊँ अनि हामीलाई मिल्न सजिलो हुन्छ । दुवै पक्षका मान्छे हुन्छन् । दुवै पक्षको कुरा सुन्छन् । कोही केही त फेरिएलान् नि ।
नेपालले अर्को एउटा संयुक्त जनआन्दोलनको प्रतीक्षा गर्दैछ । यो सम्झिराख्नुहोस् र यो खेर जाँदैन । यस पल्टको आन्दोलन । यस पल्टको आन्दोलन चरितार्थ हुन्छ । साँच्चै नै तपार्इंले सोचेको समाजवाद आउँछ । यो समाजवाद नेपालका लागि मात्रै सीमित हुँदैन, यस समाजवादले दुनियाँलाई बाटो देखाउँछ । जुन काम रुस, चीन, उत्तर कोरियाले गर्न सकेन, हामी गर्छौं । त्यही आशा र अभिलाशा राखेर कुशुम सहिद हुनुभएको हो, राम लक्ष्मण सहिद हुनुभएको हो ।
अब तपाईंहरूलाई शङ्का लाग्ला, कसरी सकिन्छ ? सकिने पहिलो सूत्र के हो भने ‘म’को सट्टा हामी भएर सोच्नुपर्यो ।
मको पनि एउटा अदभुत तागत छ । सानो कथा सुनाएर म त्यो तागतको व्याख्या गरिदिन्छु । कथा सुनाउनु राम्रो हुन्छ । महाभारतको लडाइँ भयो । तपाईंलाई थाहा छ महाभारतको लडाइँमा दुर्योधन र युधिष्ठिर एकातिर कौरव र अर्कातिर पाण्डवहरू लडे । अब त्यतिबेला तपाईंहरूलाई पूरा प्रसङ्ग थाहा छ कि छैन । धेरै बामपन्थीहरूले महाभारत पढ्छन् जस्तो मलाई लाग्दैन ।
महाभारतको युद्धमा दु्रपदको सहयाताले, थोरै सेना भए पनि जित्नेबेलामा युधिष्ठिरले जिते । अन्तिम दिनमा दुर्योधनलाई अचाक्ली भएछ । मरिसकेका थिएनन् । राजा छँदै थियो । राज्य ऊसँगै थियो । ज्योतिषलाई बोलाएर ‘ए साइत तैँले हेरेको होइनस् ? तँैले भनेको क्षणमा शङ्ख फुकेको होइन ? भीष्मलाई बनाएको सेनापति बनाएको तर कसरी हारें ? भन् होइन भने भने तँलाई जानेको छ ।
ज्योतिषले चारैतिर हेर्यो । तरबार र खुँडा छ आजको दिन भन्ने हो भने संगीन, राइफल, पेस्तोल छ । अनि एउटा जान्ने ज्योतिषले भनेछ– ‘होइन, हजुरको ग्रह नक्षेत्र हेरेकै हो । हजुरको ग्रह नक्षेत्र त युधिष्ठिर, भीमको भन्दा कति राम्रो कति राम्रो हो । हजुरले नै जित्न पर्ने !’
‘किन हारें त ?’ भनेर दुर्योधनको प्रश्नमा ज्योतिषीले भनेछ– ‘अरू सबैको गणना गरियो । हजुर, युधिष्ठिर, कर्ण, दुशासन, भीम, अर्जुनको पनि गरियो तर कृष्णको गणना गर्न बिर्सिएछ । त्यसलाई त हामीले बाहिरिया मान्छे, त्योसँग लड्ने कल्पना गरेकै थिएनौँ ।’
के भन्न खोजेको भनेर दुर्योधनको प्रश्नमा गम्भीर भएर त्यो गुरुले भने छ– ‘प्रश्न कृष्णको होइन । ग्रह नक्षेत्रको मात्रै पनि होइन । यस लडाइमा एउटै व्यक्तिले पनि आफ्नो स्वार्थ छोडेर मलाई यो राज्य चाहिन्न भनेन । केही पनि नचाहिने स्वार्थहीन मान्छेले आँट गर्दा ग्रह नक्षेत्रको दिशा बदलिन्छ । '
*******
हामीकहाँ पनि मलाई पार्टीको सभापति चाहिन्न, मलाई पैसा कमाउने मन्त्रालय चाहिन्न भनेर ग्रह नक्षेत्रलाई चुनौती दिने हो भने, एउटा स्वार्थ त्याग्ने व्यक्तिले ग्रह नक्षेत्रको दिशा बदलिदिन सकिन्छ ।
*******
वास्तवमा, हामीकहाँ पनि मलाई पार्टीको सभापति चाहिन्न, मलाई पैसा कमाउने मन्त्रालय चाहिन्न भनेर ग्रह नक्षेत्रलाई चुनौती दिने हो भने, एउटा स्वार्थ त्याग्ने व्यक्तिले ग्रह नक्षेत्रको दिशा बदलिदिन सकिन्छ । कृष्ण भन्ने व्यक्ति उनी को थिए, कसका छोरा थिए भन्ने महत्त्वपूर्ण होइन । उनी त्यस युद्धमा यस्ता व्यक्तिका रूपमा भाग लिँदै थिए, जसलाई केही पनि चाहिँदैनथ्यो । यति उनको महत्त्व हो ।
त्यसैले तपाईं युवापिढीलाई के भन्न चाहान्छु भने अघि सीके प्रसाईंको उदाहरण दिए जस्तै तपाईंहरूलाई नाङ्गो भोको बन्नुहोला आशीष त दिन्न म । नाङ्गो भोको जीवन धेरै बिताइसक्नु भएको छ । एउटा आशिष के दिन्छु भने स्वार्थ त्याग गरेर, आफ्नो खुट्टामा एक्लै बसेर तपाईंले इतिहासलाई चुनौती दिनुभयो भने इतिहासको धारा बदलिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : रविलगायत विरुद्ध ४२७ पृष्ठ लामो अभियोगपत्र दायरदेखि सरकारको कार्यशैलीप्रति कांग्रेसभित्र असन्तुष्टिसम्म
-
फाल्गुनन्द गोल्डकप : झापा–११ माथि मच्छिन्द्रको फराकिलो जित
-
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावरबिच सेयर प्रत्याभूति सम्झौता
-
लक्ष्मी सनराइज बैंक र आईएफसीबिच नेपालमा वित्तीय दुरुपयोग समाधान गर्ने बारे साझेदारी
-
ताली बजाएर र भाषण गरेर मात्रै क्रिकेटको विकास हुँदैन : अध्यक्ष चन्द
-
मन्त्रालयको बजेट नगरपालिकाको भन्दा पनि कम हुँदा काम गर्न सकिएन : खेलकुद मन्त्री