विदेशीसँग ‘अनमेल’ बिहे, अस्वाभाविक उमेर अन्तर
पछिल्लो समय विदेशीसँग बिहे गर्ने नेपालीको संख्या बढ्दै गएको छ । त्यसमा पनि धेरै उमेर अन्तरमा विवाह गर्ने अधिक छन् । पछिल्लो तीन महिनामा मात्रै २० वर्षभन्दा बढी अन्तरमा विदेशसीसँग झण्डै एक दर्जन विवाह भएको छ ।
त्यसरी बिहे गर्नेमा महिला बढी छन् । ५० वर्षमाथिका मात्रै १५ जनाले काठमाडौं जिल्ला अदालतमा विवाह गरेका छन् ।
अस्वाभाविक उमेर अन्तरः
–२६ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–२४ वर्षे युवतीको ५२ वर्षीय कोरियालीसँग
–३२ वर्षे युवतीको ५४ वर्षीय अमेरिकीसँग
–३१ वर्षे युवतीको ५० वर्षीय हंकङेलीसँग
–५३ वर्षे पुरुषको ७१ वर्षीया क्यानडेलीसँग
–२६ वर्षे पुरुषको ४८ वर्षीया जर्जियालीसँग
०७५ भदौमा मुलुकी देवानी संहिता लागू भएपछि जिल्ला अदालतमा विवाह दर्ता हुन थालेकोे हो । त्यसअघि विवाह दर्ता सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा हुने गथ्र्यो । यो समाचार कान्तिपुर दैनिकमा जनकराज सापकोटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा