शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल

शुक्रबार, ०३ असोज २०७६, ०६ : १३
शुक्रबार, ०३ असोज २०७६

वि.सं.२०७६ साल असोज ०३ गते । शुक्रबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि षष्ठी,२५ घडी १३ पला,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त सप्तमी । नक्षत्र कृतिका,०४ घडी ५० पला,बिहान ७ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग बज्र,३८ घडी ४२ पला,बेलुकी ०९ बजेर २० मिनेट उप्रान्त सिद्धि । करण वणिज,दिउसो ०३ बजेर ५६ मिनेट उप्रान्त भद्रा,रातको ०३ बजेर ४८ मिनेट उप्रान्त बव । आनन्दादिमा छत्र योग । चन्द्रराशि बृष । काठमाडौंमा सूर्योदय ०५ बजेर ५१ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०१ मिनेट । दिनमान ३० घडी २६ पला । षष्ठी श्राद्ध। संविधान दिवस।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी विच बिस्वासको बाताबरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
 

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) लामो संघर्ष पछिमात्र उपलब्धि हात लाग्ने समय रहेकोले काम गर्दा ध्यान दिनुहोला । व्यापार व्यावसायमा प्रशस्त समय दिएमात्र आम्दानी बढाउन सकिनेछ भने नया काम थालनी गर्नुभन्दा पुरानै कामलाई निरन्तरता दिनुहोला । पढाइ लेखाइमा सफलता प्राप्त गर्न निकै नै मिहिनेत गर्नुपर्नेछ । माया प्रेममा नजिक भएपनि आत्मियताको कमि महशुष हुनेछ । आफन्त तथा अग्रजहरु सँग मनमुटाब बढ्ने तथा साथिभाईले असहयोग गर्दा मनमा बेचैन पैदा हुनेछ ।  

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) परिवार तथा आफन्त सँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आफन्तजन तथा दाजुभाईबाट प्रशस्त सहयोग पाईयला । माया प्रेममा सामिप्यता बडेर जानेछ । व्यापार व्यावसायबाट मनग्गे आम्दानी हुनेछ । तरलपदार्थ जस्तै हाईड्रो,पानि जस्ता उद्योग व्यावसायमा लगानी गर्दा उचित प्रतिफल पाइनेछ । सवारि साधन प्राप्तिको गतिलो सम्भावना रहेकोछ । परिवार तथा सन्तानको प्रगतिमा मन प्रशन्न हुनेछ । बिद्यामा तपार्ईँले गरेको मिहिनेत खेर जानेछैन ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) ध्यान अन्यत्रै मोडिदा पढाइ लेखाइमा अरु भन्दा पछि परिनेछ । सरकारि तथा प्रशासनिक काममा सेवा प्रबाह गर्नेहरुले समयमा काम नगर्दिनाले महत्वपुर्ण अवसरहरु गुम्न सक्छन् ध्यान दिनुहोला । साथिभाई तथा परिवारकै मानिसबाट असहयोग हुनेछ भने काम गर्दा ख्याल दिनुहोला खुट्टा तान्नेहरु सक्रिय रहनेछन् । व्यावसायबाट भनेजस्तो आम्दानी गर्न निकै नै समय खर्चिनु पर्नेछ । कृषि तथा पशुपालन व्यावसायबाट भने आम्दानी बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) धर्म,सस्कृति तथा आफ्नो रितिरिवाजको जगेर्ना गर्ने काममा समय खर्चनु पर्नेछ । पढाइ लेखाइमा फड्को मार्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । सामाजिक काम गरि पुरस्कृत हुने योग रहेकोछ । साथिभाई तथा आफन्तहरुको सहयोग पाइने हुनाले मन प्रशन्न रहनेछ भने नयाँ काम गरि आम्दानीकास्रोतहरु फराकिला पार्न सकिनेछ । समयले साथ दिने हुनाले मन प्रशन्न रहने तथा भाग्य बृद्धि हुनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापारमा उधारो लगेर नतिर्नेहरु हाबि हुनेछन् भने आम्दानी नहुनाले दैनिकी प्रभावित हुनेछ । माया प्रेममा तित्तता आउँने तथा दाम्पत्य जीवनमा एक अर्कालाई शंकाको दृष्टिले हेर्नाले घरमा समस्या उत्पन्न हुनेछ । समय र परिस्थितिको राम्र्रो सँग अध्ययन गरेर मात्र कुनै काम गर्नुहोला काम बिग्रन सक्छ । बैक तथा शेयर बजारको लगानी भने फस्टाएर जानेछ । आउने ठाउँबाट रुपैया पैसा नआउँनाले बनाएका योजनाहरु थाति रहनेछन् ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला हतार गरि प्रयोग गर्नाले अप्रिय घट्ना नघट्ला भन्न सकिन्न । जीवनसाथि सँगको असमज्दारिले दैनिक कामहरु प्रभावित हुनेछन् । माया प्रेममा नचाहादा नचाहादै टाडिनु पर्ने बाध्यता हुनेछ ध्यान दिनुहोला । व्यापार व्यावसायमा रुपैया पैसाको व्यावस्थापन गर्न नसक्दा घाटा लाग्न सक्छ । खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा हुनेछैनन् भने वादबिवाद तथा प्रतिश्पर्धामा भाग लिए हारिने सम्भावना रहेको छ । पुराना समस्याहरु बल्झन सक्छ ध्यान दिनुहोला । अध्ययान अध्यापनमा ध्यान नजादा अरुभन्दा पछि परिनेछ । मामा तथा मावलि पक्षसँग बिवाद बढ्ने योग रहेको छ । व्यापारमा अरुदिन भन्दा बढिनै समय लगानी गर्नुपर्ने हुनसक्छ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउनेछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रयन्न गर्दा बिभिन्न अवसरहरु प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्गे आम्दानी गर्न सकिनेछ । स्कूल कलेज,बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । शेयर बजार तथा सट्टाको व्यावसायमा बिशेष लाभ लिन सकिनेछ । माया प्रेममा एक अर्कालाई बिश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पति तथा विलासी बस्तुको उपयोग मार्फत मनग्ने धन संग्रह गर्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । घर परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ । कृषि तथा सहकारि व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) व्यापार व्यावसायबाट खासै आम्दानी हुनेछैन भने लगानी गर्नको लागि केहि समय पर्खनुनै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुदा अरु भन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवन साथिको असमज्दारिले दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपार्ईँको पक्षमा नआउने हुनालेयस्ता क्रियाकलापमा सामेल नहुनुहोला । छोटो तथा रमाईलो यात्रा हुने भएपनि गन्तब्यमा पुग्नुभन्दा पहिलनै बिभिन्न वाधा तथा अवरोधहरुको सामना गर्नुपर्नेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र ।
चाबहिल,काठमाडौं फोन नं.९८५११७८४५९
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप