शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा प्रतिघण्टा २०० जनाले चुरोट छोड्न थाले : तथ्याङ्क

बिहीबार, ०२ असोज २०७६, २२ : ५८
बिहीबार, ०२ असोज २०७६

लण्डन- बेलायतमा हरेक घण्टा औसतमा दुई सय जनाले चुरोट त्याग्ने गरेको एक तथ्याङ्कले देखाएको छ ।

यूनिभर्सिटी कलेज लण्डनले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार चुरोट त्याग्नेहरुको सङ्ख्या औसतमा बेलायतमा सवैभन्दा धेरै रहेको छ । 

गत दश बर्षको अवधिमा छिट्टै चुरोट त्याग्नेहरूको संख्यामा बेलायत सवैभन्दा अगाडि देखिएको पब्लिक हेल्थ इङ्ल्याण्ड (पिएचइ) ले जनाएको छ । 

राष्ट्रिय धुम्रपान अध्ययनको पछिल्लो विवरण अनुसार यही सन् २०१९ को जनवरीदेखि जुलाई सम्ममा धुम्रपान गर्ने वयस्कहरूको सङ्ख्या २.२ प्रतिशतले घटेको छ ।

बेलायतमा धुम्रपानकर्ताहरूको सङ्ख्या पछिल्लो समय निकै कम हुँदै गएको छ । अहिले पनि १४.४ प्रतिशत वयस्कहरूले धुम्रपान गर्ने गर्दछन् ।

लैङ्गिक रूपमा हेर्दा धुम्रपान गर्ने पुरुषको सङ्ख्या १६.४ प्रतिशत र महिलाको सङ्ख्या १२.६ प्रतिशत रहेको पिएचइले जनाएको छ ।  

पिएचइले गत अक्टोबरदेखि धुम्रपान छोड्न प्रेरित गराउने देशको सवैभन्दा ठूलो अभियान सुरु गरेको हो ।

पिएचइका मेडिकल डाइरेक्टर यभोन्ने डोयलेका अनुसार अभियानका कारण धुम्रपान त्याग्नेहरुको सङ्ख्या उल्लेख्य देखिएको छ । 
 
उनले भने, “यो साँच्चै प्रभावकारी देखिएको छ, प्रारम्भिक सङ्केत नै उत्साहजनक भएपनि धुम्रपान रहित समाज बनाउने महत्वाकाङक्षातर्फ हामी लागेका छौँ ।” 

धुम्रपान छुटाउने बर्षभरीको देशव्यापी कार्यक्रमलाई स्टपटोबर नाम दिइएको छ । यस अभियानबाट लाखौं नागरिकले धुम्रपान त्याग्ने अपेक्षा गरिएको छ । -सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप