शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपाले चयन गर्यो विभाग प्रमुख, कसले पाए कुन विभागको जिम्मेवारी ?

बिहीबार, ०२ असोज २०७६, १९ : ४१
बिहीबार, ०२ असोज २०७६


काठमाडौं –  राष्ट्रिय प्रजातन्त्र पार्टीका (राप्रपा)को कन्द्रीय कार्य सम्पादन समिति बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । बैठकले पूर्व राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न बहसको थालनी गर्ने निर्णय गरेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘राजादेखि विप्लव नेतृत्वको माओवादीसम्म अटाउन सक्ने नेपाली संस्करणको मौलिक प्रजातन्त्रको विकास गर्न, राजनीतिक मतभेद छोडेर आर्थिक विकासमा राष्ट्रिय सहमति कायम गर्न तथा अल्पसंख्यकलाई खुसी पार्ने भोटको राजनीतिको सट्टा अल्पसंख्यकको सुरक्षा र बहुसंख्यकको सम्मानको सिद्धान्त अनुरुप धार्मिक स्वतन्त्रता सहितको सनातन हिन्दुराष्ट्र स्थापना गर्ने तर्फ बहस प्रारम्भ गर्न राप्रपा सम्पूर्ण राजनीतिक शक्तिलाई आब्हान गदैछ, ’प्रवक्ता श्रेष्ठदरवारा जारी विज्ञिप्तमा उल्लखे गरिएको छ ।

आगामी मंसीर १४ गते हुने उपनिर्वाचनमा राप्रपा उच्च प्राथमिकताका साथ सहभागी भएको छ । राप्रपाले संघीय, प्रादेशिक र स्थानीय तहमा हुने उपनिर्वाचनका उम्मेदवारहरु छनौट गरी सिफारिस गर्न असोज १५ गतेसम्मको समयसीमा निर्धारण गरिएको छ । 

प्रवक्ता श्रेष्ठका अनुसार प्रतिनिधिसभा र प्रदेश सभाका रिक्त स्थानमा हुने निर्वाचनमा उम्मेदवार छनौट गर्न प्रदेश कार्य समिति र सम्बन्धित जिल्लाको सिफारिसमा केन्द्रले निर्णय गर्ने छ । 

स्थानीय तहको हकमा मेयर, अध्यक्ष, उपाध्यक्ष छनौट गर्न सम्बन्धित जिल्ला कार्य समितिको सिफारिसमा प्रदेश कार्य समितिले र वडा अध्यक्षको हकमा गाउँपालिका वा नगरपालिका कार्य समितिको सिफारिसमा जिल्ला कार्य समितिले निर्णय गर्ने गरी जिम्मेवारी प्रदान गरिएको छ ।

यस्तै बैठकले अन्तरराष्ट्रिय सम्बन्ध विभागको प्रमुखमा अध्यक्ष कमल थापा, सदस्य सचिवमा प्रा.डा. गीताभक्त जोशीलाई चयन गरेको छ । प्रदेश समन्वय समितिको प्रमुखमा वरिष्ठ नेता दिपक बोहोरा र सदस्य सचिवमा सहायक महामन्त्री राजेश गिरी चयन भएको उनले जानकारी दिए ।

यस्तै  प्रदेश नंं २ को इन्चार्जमा उपाध्यक्ष महेशलाल महासेठ, प्रदेश नं ५ को इन्चार्जमा उपाध्यक्ष प्रेम बहादुर भण्डारी, सुदुर पश्चिम प्रदेशको इन्चार्जमा उपाध्यक्ष नरेन्द्र बहादुर चन्द, र कर्णाली प्रदेशको इन्चार्जमा सहमहामन्त्री राजेन्द्र विर राय चयन भएका छन् । यस्तै  अन्य विभाग प्रमुख पनि चयन गरेको छ ।

यस्तो छ विज्ञप्ति

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप