चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्राधिकरणको प्रक्षेपण
काठमाडौं– नेपाल नागरिक उडड्यन प्राधिकरणले चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरेको छ । प्राधिकरणको बिहिबार काठमाडौंमा बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको नीति, बजेट तथा कार्यक्रममा चालू आर्थिक वर्षमा ५ अर्ब ९६ करोड ८३ लाख आम्दानी गर्ने प्रक्षेपण गरिएको हो ।
कूल ४६ अर्ब ९६ करोड ५० लाख ९९ हजार कूल बजेट रहेकोमा एरोनोटिकतर्फ ५ अर्ब ८३ करोड १९ लाख रुपैयाँ र नन एरोनोटिकतर्फ २ अर्ब ४९ करोड ९४ लाख आम्दानी गर्ने लक्ष्य लिइएको पनि प्राधिकरणका महानिर्देशक राजन पोखरेलले जानकारी दिए । प्राधिकरणले ६ अर्ब ३९ करोड रुपैयाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुधार तथा विकासका लागि विनियोजन गरेको छ ।
त्यसैगरी अन्तर्राष्ट्रिय विमानस्थलहरुको विकासका लागि करिव २२ अर्ब ७३ करोड बजेट विनियोजन गरिएको पनि महानिर्देशक पोखरेलले बताए । प्राधिकरणले गत आर्थिक वर्षमा अपेक्षाकृत बढि आम्दानी भएको पनि जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१७ औँ वार्षिकोत्सवमा सिटिजन्स बैंकद्वारा सडक आश्रितलाई १७ दिन भोजन
-
भारतको सहयोगमा दार्चुलामा बन्न लागेको विद्यालय भवनको शिलान्यास
-
जीबी राई समूहद्वारा स्वर्णलक्ष्मीका बचतकर्ताको २ अर्ब ७४ करोड भन्दा बढी रकम अपचलन
-
छोटुलालले फिर्ता गरे बाटोमा भेट्टाएको १७ लाख रुपैयाँ
-
विमानको सिटमा बेवारिसे अवस्थामा एक किलो सुन फेला
-
एथलेटिक्समा एकैदिन ३ कीर्तिमान बन्दा आशिषले ३६ वर्षअघिको कीर्तिमान तोडे