बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम हुँदैछ : नेता सिटौला

बिहीबार, ०२ असोज २०७६, १९ : ०२
बिहीबार, ०२ असोज २०७६

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारबाटै संविधानलाई कमजोर बनाउने काम भएको आरोप लगाएका छन् । 

जनआन्दोलनको रगत र पसिनाबाट बनेको संविधानलाई सिंहदरबारबाटै कमजोर बनाउने काम गरिएकोमा आफूलाई चिन्ता लागेको नेता सिटौलाको बताए । उनले सरकारले संविधानलाई कमजोर बनाउने गरी विधेयकहरु ल्याएको उल्लेख गर्दै संविधानको पक्षमा जनमत सृजना गर्न सबै पक्ष एकजुट हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।

संविधान दिवसको अवसर पारेर बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेता सिटौलाले सरकारले संवैधानिक व्यवस्थालाई कमजोर पार्ने काम गरेकाले संविधानको पक्षमा जनमत सृजना गर्न संचारकर्मीहरु पनि लाग्नुपर्ने  बताए ।

काँग्रेस नेता सिटौलाले सरकारको कार्यशैली, नीति र गतिविधि संविधान विरोधी भएको दावी  गरे 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप