शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

समृद्ध प्रदेशका लागि शिक्षा र स्वास्थ्यमा विशेष प्राथमिकता दिनुपर्छ : उपाध्यक्ष झा

बिहीबार, ०२ असोज २०७६, १८ : ५०
बिहीबार, ०२ असोज २०७६

जनकपुर – प्रदेश नम्बर २ का नीति आयोगका नवनियूक्त उपाध्यक्ष प्रा. डा. भोगेन्द्र झाले प्रदेश २ को दिगो तथा मानव विकासका लागि ३ वटा क्षेत्रमा गम्भीर रुपमा ध्यान दिनुपर्ने बताएका छन् ।

बिहिबार जनकपुरमा राष्ट्रिय योजना आयोग, यूएनडिपी र नीति आयोगको आयोजनामा भएको दिगो तथा मानव विकास विषयक कार्यक्रममा उपाध्यक्ष डा. झाले  शिक्षा, स्वास्थ्य र ज्ञानलाई विशेष प्राथमिकता दिएर अघि बढेमा मात्रै प्रदेश समृद्धि र विकास तर्फ अग्रसरता लिने दावी गरे । 

उनले समृद्ध मुलुक र खुसीयाली नेपाली देश निर्माणका लागि गरिब जनतालाई केन्द्रित गरेर विभिन्न योजना ल्याउनुपर्ने धारणा व्यक्त गरे । उनले संविधानमै समाजवाद उन्मुख उल्लेख गरिएको हुनाले गरिब तथा निमुखा जनतालाई केन्द्रित गरेर नीति तथा योजनाहरु नल्याएसम्म परम्परागत नीति तथा योेजनाको कुनै औचित्य नहुने बताए ।

उनले मुलुक कृषि प्रधान रहेकाले मुलुकका जग्गा जमिनहरुलाई एकत्रित गरी व्यवस्थितरुपमा कार्य योजनाहरु बनाउनुपर्ने आवश्यकता रहेको औल्याए । उनले कृषि व्यवस्थापनका लागि जग्गामा एकत्रित जग्गा गरी चक्लाबन्दी, उत्पादकत्वमा वृद्धि, साना, मझौला उद्योगलाई प्रोत्साहन गर्ने र खेतीपाती तथा सिचाईका लागि किसानको संजाल निर्माण गरी खेतीपाती गर्नुपर्ने आवश्यकता रहेको बताए । 

त्यस्तै नीति आयोगका सदस्य डा.सुरेन्द्र कुमार झाले केन्द्र वा प्रदेश सरकारले नीति आयोगले दिएको योजनाहरुलाई आत्मसाथ गरेमा प्रदेश र देशले फड्को मार्ने बताए । उनले प्रदेश सरकारले शिक्षा, स्वास्थ्य, रोजगार क्षेत्रलाई केन्द्रित गरेर पर्यटन, कृषि तर्फका योजना निर्माण गरेर अघि बढेमा समृद्ध नेपाल समृद्ध प्रदेश अवश्य हुने धारणा व्यक्त गरे ।

प्रदेश नम्बर २ को सरकारको सचिव स्तरीय रहेको यस कार्यक्रममा विभिन्न वक्ताले प्रदेश सरकारले शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रलाई अनिवार्य निःशुल्क गर्नुपर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप