अमेरिकी नौसेनाको लिक भएको फुटेजमा देखिएको के हो ?
एजेन्सी । अमेरिकी नौ सेनाले अन्ततः एक फुटेजमा देखिएको वस्तु ‘पहिचान नभएको वस्तु’को स्वीकार गरेको छ ।
अमेरिकी नौसेनाका अधिकारीले सेनाको ‘डी–क्लासिफाई’ भिडियोमा देखिएको वस्तु के हो भन्ने एकिन नभएको बताएका छन् ।
सीएनएनसँगको कुराकानीमा अमेरिकी नौसेनाका प्रवक्ता जो ग्राडिसरले लिक भएको तीन भिडियोमा देखिएको वस्तुलाई ‘पहिचान नभएको हवाई परिघटना’ नाम दिए ।
सन् २०१७ डिसेम्बर र सन् २०१८ मार्चबीचमा सार्वजनिक भएको क्लिपहरु ‘टू द स्टार्स एकेडेमी अफ आट्स एण्ड साइन्स’ले सार्वजनिक गरेको थियो ।
तीव्र रुपमा चलायमान लामो वस्तुलाई अमेरिकी नौसेनाको जहाजमा रहेको उच्चस्तरीय इन्फ्रारेड सेन्सर्सले कैद गरेको थियो ।
सन् २००४ को एउटा फुटेजमा सेन्सरले अपरिचित वस्तुलाई क्यामेरामा सेट गर्छ र त्यसको केही पछि वस्तु फ्रेमको देव्रे भागबाट तीव्र गतिमा बाहिरिन्छ । त्यसको उच्च तीव्रताका कारण वस्तुलाई सेन्सरले पनि पुनःपछ्याउन सकेको देखिदैन ।
अन्य दुई भिडियो सन् २०१५ का हुन् । त्यसमा युद्धक विमान उडारहेका दुई पाइलट आफू अगाडि आकासमा देखिरहेको वस्तु के हो भन्ने पहिल्याउन खोजिरहेका हुन्छन् ।
‘ब्रो, यो त ड्रोन हो ,’ पहिलो क्लिपमा एक पाइलट आफ्ना सहकर्मीलाई भनिरहेको भिडियोमा सुनिन्छ ।
‘लौ, त्यो त हावा विपरित उडिरहेको छ ।’
‘त्यो कुरालाई हेर त यार ’
ग्राडिशरले पहिचान नभएको हवाई परिघटनाबारे नौसेनाले प्रदर्शन गरेको पारदर्शिता मुख्यत नौसैनिक तालिमेहरुलाई उडान अवधिमा देखिएका ‘घुसपेठ’बारे खबर गर्न प्रोत्साहित गर्नको लागि भएको बताए । ती घुसपैठले पाइलटको सुरक्षामा खतरा पार्ने उनले बताए ।
‘हाम्रो तालिम क्षेत्रमा पहिचान नभएको हवाई परिघटना धेरै हुने गर्छ । यसले हाम्रा पाइलटको हवाई सुरक्षामा खतरा पु¥याउँछ । ’
उनले सार्वजनिक भएको क्लिपमा देखिएको वस्तु नौसैनिक तालिमका क्रममा देखिन बाह्य ‘घुसपेठ’को सानो अंश मात्र भएको बताए ।
‘धेरै वर्षदेखि, हाम्रा पाइलटहरुले यस्ता घुसपेठबारे खबर नै गर्थेनन् । किनकि ती भिडियोहरुमा के छन् वा छैनन् भन्ने विगतको पदावली वा सिद्धान्तले त्यसप्रति एक खालको भय थियो ,’ नौसेनाका प्रवक्ता ग्राडिशरले भने ।
तालिमेहरुले ती वस्तु देख्नासाथ खबर गर्नुमात्र यी वस्तु के हुन् भन्ने थाहा पाउने एउटै मार्ग रहेका पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी