शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

'म ठोकुवा गरेर भन्छु, माधव नेपालकै कारण विवाद सिर्जना भयो'

बिहीबार, ०२ असोज २०७६, १६ : ४२
बिहीबार, ०२ असोज २०७६

एकताको १६ महिना हुँदा पनि नेकपाले पार्टी एकताका सबै काम अझैै टुङ्ग्याउन सकेको छैन । विवाद र फरक मतकाबीच टुङ्गिएका एकतामा कहीँकतै तनाव र मतभेद छ । यो समस्या नेकपाको प्रदेश २ मा बढी देखिएको छ । त्यहाँ कहिले प्रदेश अध्यक्षको राजीनामा आउँछ । कहिले कार्यक्रम स्थलमै हात हालाहाल हुन्छ । कहिले प्रदेश पदाधिकारीलाई कारबाहीको माग गर्दै पार्टी केन्द्रमा ज्ञापनपत्र आउँछ । प्रदेश सहइन्चार्जको भीड पनि सो प्रदेशमै छ । धेरै सहइन्चार्ज बनाउँदासमेत विवाद हल हुन सकेको छैन । कतै जिल्ला कमिटी गठनमा केन्द्रीय नेताहरूले चासो राखेर आफ्ना नजिकका मान्छे पारेको भन्ने असन्तुष्टि छ । त्यसैले प्रदेश–२ को विवाद नेकपाका शीर्ष नेताकै लागि पेचिलो बनेको छ । आखिर किन त्यहाँको विवाद पेचिलो बन्दै गएको छ ? त्यहाँ देखिएका विवाद कसरी हल हुन्छन् ? वा अझै बल्झिन्छन् ? यिनै विषयमा केन्द्रित रहेर नेकपाका स्थायी कमिटी सदस्य एवं प्रदेश इन्चार्ज सत्यनारायण मण्डलसँग रातोपाटीका लागि बबिता शर्माले गरेको कुराकानीको सम्पादित अशंः

अन्य प्रदेशभन्दा नेकपाको प्रदेश २ मा विवाद पेचिलो बन्दै गएको छ । कहाँबाट विवाद सुरु भयो ? कारण के हुन् ?

कारण केही छैन । केन्द्रले इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव तोक्यो ।  पूर्व एमालेको जिल्ला कमिटीमा सबै चुनावबाट आएका थिए । पूर्व माओवादी साथीहरुको जिल्ला कमिटीको अभिलेख थिएन । त्यही साइडबाट नामहरु सिफारिस भएको थियो । पछि नामहरु फिर्ता आयो । त्यसलाई वैधानिकता दिनका लागि त्यतिबेला कतै कतै सानोतिनो त्रुटि हुन गयो । त्यो त्रुटि सच्याउने काम पनि भएको थियो । तर अचानक गुटबन्दी र अनेक किसिमका घुसपैठियाको मानसिकताका कारण विवाद आए । अरू केही होइन ।

*****

रौतहट जिल्लामा मापदण्ड विपरीत चार जनालाई प्रदेश कमिटीमा राखियो । त्यहाँ पनि लागू होस् न मापदण्ड । त्यसलाई पनि सच्याइयोस् । विधानको पालना सबैले गर्नुपर्छ । हामी विधानभन्दा माथि छैनाँै । त्यो शब्दको म सरहाना गर्छु । तर त्यो आफूमा पनि लागू गर्नुपर्छ ।

*****

तपाईंहरुमाथि कारबाहीको माग गर्दै १६ जना केन्द्रीय सदस्यले पार्टी केन्द्रलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा पार्टीलाई विधि र अनुशासनमा चलाउनुपर्छ भनेर माग गरिएको छ । मलतब त्यहाँ पार्टी विधान अनुसार चलेको थिएन ?

पार्टीलाई विधान र विधिबाट चलाउने माग उहाँहरुले गर्नुभएको छ । हामी पाँच जनालाई कारबाही गर्ने भन्नुभएको छ । त्यसका लागि म ती साथीहरुलाई धन्यवाद दिन्छु । कमसेकम पार्टीको विधान र विधिको पालना होस् । तर यो कुरा हामी पाँच जनाले मात्रै लागू गर्नुपर्ने ? ज्ञापनपत्रमा दस्तखत गर्ने, म त ‘सो कल्ड’ केन्द्रीय सदस्य भन्छु । जसले पार्टीको विधान उल्लङ्घन गरेका छन् । केन्द्रका नेताहरुलाई पनि थाहा छ । पटक पटक अदृश्य किसिमले समस्या उत्पन्न भयो । प्रदेश कमिटीलाई पूर्णता केन्द्रीय सचिवालयले दिएको हो । म उदाहरण दिन्छु, त्यहाँ विधि, विधान र मापदण्ड लागू गरियो कि गरिएन ? पार्टीका सङ्गठित सदस्य नभएका मानिसलाई पनि सोझै प्रदेश कमिटीमा राखियो, पार्टीको मापदण्ड विपरीत गएर ।

रौतहट जिल्लामा मापदण्ड विपरीत चार जनालाई प्रदेश कमिटीमा राखियो । त्यहाँ पनि लागू होस् न मापदण्ड । त्यसलाई पनि सच्याइयोस् । विधानको पालना सबैले गर्नुपर्छ । हामी विधानभन्दा माथि छैनाँै । त्यो शब्दको म सरहाना गर्छु । तर त्यो आफूमा पनि लागू गर्नुपर्छ ।

अर्को उदाहरण, प्रदेश २ को प्रदेश सभामा संसदीय समितिको चुनाव हुँदा अहिले दस्तखत गरेर हामी माथि कारबाहीको माग गर्नेहरुले फोरम र काँग्रेसको निर्णयमा सही गरेको छ । काँग्रेस र फोरमको प्रस्तावमा बागी उम्मेदवारी दिन्छ । यस्तो व्यक्तिलाई के भन्ने ? त्यहाँ किन उसले पार्टीको विधान, विधि लागू गरेन ? जानी जानी उनीहरुले अराजकतापूर्ण काम गरेका हुन् । यो निहित गुटगत मानसिकताबाट प्रेरित भएर हो ।

तपार्इं आफै त्यो प्रदेशको इन्चार्ज हुनुहुन्छ । पछिल्ला दिनमा त्यहाँ देखिएका समस्या समाधानको सूत्र के देख्नुभएको छ ? 

समाधानको सूत्र विधान नै हो । विधान लागू हुनुपर्छ । केपी ओलीदेखि नै लागू हुनुपर्छ । तपाईंले देख्नुभएको होला नेकपाभित्रको लफडा । संसदमा गएर यो पार्टी नै होइन भनेर बोल्ने नेताहरु पनि छन् । केन्द्रीय कमिटीले त्यस्ता नेताको बोलीमा लगाम लगाउनुपर्छ । नेतृत्वलाई जथाभावी खुइल्याउँदै हिँड्नेहरुले हामी जस्तो फुच्चालाई के बाँकी राख्छन् ? कुरा यो हो । ‘कोर अफ लिडरसिप’मा बस्नुभएको ९ जना भित्रबाट विधान लागू हुनुपर्छ । सामाधानको सूत्र यही हो ।

अब हामी जिल्ला कमिटीका सदस्यलाई शपथ गराउँछाँै । कि त हामीलाई हटाउनुपर्यो । प्रदेश कमिटी गठन गर्दा त्यहाँको त्रुटि किन हटाइएन ? पार्टीको सङ्गठित सदस्य नभएकालाई प्रदेश कमिटीमा राख्न कुन विधानले दिन्छ ? अहिले आठ, दस जना मिलेर जे हल्ला गरेका छन्, पार्टीमा के हुन्छ ? त्यो उल्टिन्छ ? त्यसकारण उनीहरु कारबाहीको भागिदार हुनुपर्छ । त्यो भएन भने हामी सत्याग्रह गर्छौं । पार्टी जिम्दार हो ?

*****

फागुन २ गते प्रदेश सभाभित्र यही केन्द्रीय सदस्यले ठाडै पार्टी विधान उल्लङ्घन गरेर बागी उम्मेदवारी दिएको छ । मैले केन्द्रमा लिखित जानकारी गराएको छु । तर आजसम्म कारबाही किन भएन ? जो व्यक्ति आफै अराजक छ, विधान र नियमलाई उल्लङ्घन गर्छ, त्यो व्यक्तिलाई कसले अधिकार दिन्छ कि हामीले विधान उल्लङ्घन गर्यौँ भन्नलाई ? यसमा किन बोल्दैनन् यी अराजक तत्वहरु ?

*****

त्यहाँको विवाद सल्ट्याउन अध्यक्षहरुसँग संवादमा हुनुहुन्छ होला नि । के कुरा भइरहेको छ ? कसरी अगाडि बढ्ने भन्ने छ ?

केही कुरा भएको छैन । मसँग कसैले संवाद गरेको छैन । बोलाएको बेलामा म जवाफ दिन्छु । कि स्थायी कमिटी वा केन्द्रीय कमिटीमा कुरा राख्छाँै । समाधान त्यहाँबाट खोज्छौँ । हामीलाई पनि न्याय चाहिएको छ ।

मतलब जसले तपाईंहरु माथि कारबाहीको माग गरेका छन्, अब उनीहरुमाथि तपाईंहरुको पनि एक्सन हुन्छ ?

किन हुँदैन ? मैले भनिसकेँ । फागुन २ गते प्रदेश सभाभित्र यही केन्द्रीय सदस्यले ठाडै पार्टी विधान उल्लङ्घन गरेर बागी उम्मेदवारी दिएको छ । मैले केन्द्रमा लिखित जानकारी गराएको छु । तर आजसम्म कारबाही किन भएन ? जो व्यक्ति आफै अराजक छ, विधान र नियमलाई उल्लङ्घन गर्छ, त्यो व्यक्तिलाई कसले अधिकार दिन्छ कि हामीले विधान उल्लङ्घन गर्यौँ भन्नलाई ? यसमा किन बोल्दैनन् यी अराजक तत्वहरु ?

प्रदेश २ मा अहिले जुन विवाद भएको छ, त्यो शीर्ष नेताको गुटबन्दीका कारण हो ?

विल्कुल हो ।

मतलब माधव नेपालकै कारणले मात्र विवाद भएको हो त ?

पटक पटक भने त । म ठोकुवा गरेर भन्छु, माधव नेपालको गुटका कारण विवाद सिर्जना भएको हो ।

त्यसो त तपाईं पनि कुनै न कुनै गुटको प्रतिनिधित्व गर्नुभएको होला नि ? 

पार्टीको निर्णयबाट मैले त्यहाँको जिम्मेवारी पाएको छु । म पार्टीको संस्थापन पक्षको हुँ । कुनै गुटको मान्छे होइन । यहाँ मिडियाहरुले माधव नेपाल र उता केपी ओली गुटको बिल्ला भिराउने गर्छन् । म ती मिडियाको पनि ध्यानाकर्षण गराउन चाहन्छु, म कुनै गुटको प्रतिनिधित्व गर्दिनँ । म नेकपाको प्रतिनिधित्व गर्दछु । म मान्छु, पार्टीमा स्थायी गुट छ माधव नेपालको । पार्टीले कार्यविभाजन गर्दा माधव नेपालको जिम्मेवारी कहाँ दिएको छ ? विदेश विभाग हैन । अनि किन आँखा पल्टाएर हेर्नुहुन्छ ।

मधेसमा मात्रै किन बारम्बार यस्ता लफडा हुन्छन् ?

मधेसलाई यहाँका केही मार्क्सवादका दार्शनिक ठान्नेहरुले प्रयोगशाला बनाएका छन् । मधेस भनेको प्रयोगशाला हो । कतिपय मधेसीको न्यून चेतनाका कारणले त्यसलाई फुटाएर आफू केन्द्रमा बस्नका लागि पनि यस्तो प्रयास हुँदै आएको हो । अरू केही होइन । कोही स्वार्थी छन्, मधेसीहरु पनि । सबै छैनन् तर त्यस्तो गराइन्छ । सधैँ गुलाम बनाएर राख्ने ? योभन्दा धेरैलाई चित्त दुख्ला तर सत्य यही हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बबिता शर्मा
बबिता शर्मा
लेखकबाट थप