शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तरङगको दोस्रो सिजन ७ प्रदेशमा

बिहीबार, ०२ असोज २०७६, १६ : २३
बिहीबार, ०२ असोज २०७६

काठमाडौं– गृष्मा ब्रोर्डकास्टिङ आयोजक रहेको कार्यक्रम सांगीतिक कार्यक्रम ‘सप्तरङ्ग’ को दोस्रो सिजन सुरु भएको छ । गतबर्ष ७ वटै प्रदेशनमा यो कार्यक्रममा आयोजना भएको थियो । यो बर्ष पनि त्यसरी नै आयोजना हुने आयोजकले जनाएको छ । 

नोभेम्बर दोस्रो साताबाट सुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको आयोजक ले जानकारी दिएको छ । पहिलो सिजनमा सद्भाव र ऐक्यवद्धतालाई केन्द्रमा राखेको आयोजना गरिएको कार्यक्रममा यस बर्ष पर्यटन प्रवर्धन र समुन्नति केन्द्रित गरेको छ ।

दोस्रो सिजनका लागि अभिनेता राजेश हमाल, गायक सुगम पोखरेल, गायिका मेलिना राई, हिमाल सागर, प्रकाश सपुत र रवि ओड सहभागी हुने गृष्माका प्रवन्ध निर्देशक गृहेन्द्र घिमिरेले जानकारी दिए ।  पर्यटन वर्ष २०२० को पूर्वसन्ध्यामा आयोजनाको तयारी गरिएको कार्यक्रमले संगीत र मनोरञ्जनका साथ स्थानीय कला संस्कृतिलाई उजागर गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप