संविधान दिवसमा पुरानो मेडिकल कलेजले ओपिडी सेवा निःशुल्क गर्ने
बिहीबार, ०२ असोज २०७६, १३ : १३
चितवन– चितवन कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले संविधान दिवसका अवसरमा आज बहिरङ्ग (ओपिडी) तर्फको टिकट निःशुल्क गरेको छ ।
अस्पतालका प्रमुख सञ्चालन अधिकृत डा. शुप्रभात श्रेष्ठका अनुसार अस्पतालको सामाजिक उत्तर दायित्व अभियान र सरकारको अभियानलाई समेत सफल बनाउन
(ओपिडी) तर्फको टिकट निःशुल्क गरिएको हो ।
विगत दुई दशक बढी सयमदेखि मेडिकल सिटि चितवनमा गुणस्तरीय उपचार सेवा दिदै आएको छ । अस्पताल मुलुककै पुरानो र मेडिकल सिटि चितवनको पहिलो मेडिकल कलेज समेत हो ।
हाम्रो सामाजिक दायित्वलाई पुरा गर्दै आम सर्वसाधारणहरुको सहजताका लागि यो घोषण उपयोगी हुने उनले बताए । अस्पतालले विभिन्न समयमा सामाजिक उत्तरदायितव अन्र्तगत सवभिन्न काम गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा