उच्च अदालतबाट प्रधानाध्यापक नियुक्ति बदर

बुटवल– गुल्मी सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा काँग्रेस निकट व्यवस्थापन समिति र शिक्षकहरुले एकलौटी गरेको प्रधानाध्यापक नियुक्ति सिफारिस उच्च अदालतले बदर गरेको छ । प्रधानध्यापक केशरबहादुर थापा आमा बिरामी भएर घर गएका बेला नयाँ प्रधानध्यापकका रुपमा साउन ९ गते युवराज ज्ञवालीलाई प्रधानाध्यापक नियुक्ति गरिएको थियो । त्यसविरुद्ध प्रधानाध्यापक केशरबहादुर थापा पक्षधरले रेसुङ्घा नगरपालिकामा उजुरी दिएका थिए ।
उजुरी उपर रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासनीले विद्यालय विकास तथा सञ्चालन निर्देशिका २०७४ विपरित प्रधानध्यापक नियुक्ति गरिएको ठहर गर्दै थापालाई नै प्रधानध्यापक नियुक्तिको प्रकृया अगाडी बढाउन पत्र पठाएको थियो ।
उक्त पत्रविरुद्ध काँग्रेस पक्षले आन्दोलन गरेका थिए । त्यसपछि प्रधानध्याापक थापा आफुमाथि अन्याय भएको भन्दै उच्च अदादलत तुल्सीपुर बुटवल ईजालास पुगेका थिए । उच्च अदालतका न्यायधीशद्धय हरिप्रसाद पौड्याल र दिपेन्द्रबहादुर बमको ईजालासले महेन्द्र नमुना माध्यामिक विद्यालयमा साउन ९ गतेका दिन प्रधानध्यापक छनौट समितिको निर्णय र भदौ १४ गते त्यस विद्यालय ब्यवस्थापन समितिको निर्णय कार्यन्वयन नगर्नु नगराउनु यथास्थितिमा राख्नु भन्ने अन्तरिम आदेश जारी गरेको छ ।
बहुमतको आडमा उदण्डता
नेकपाबाट विजयी भएका मेयर भुसाल र उपमेयर सिता भण्डारी र केहि वडाध्यक्ष बाहेक रेसुङ्घा नगरपालिकामा काँग्रेसको बहुमत छ । बहुमतकै आडमा मेयर भुसाल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइयो । ताला लगाउनुपूर्व प्रमुख प्रशासकीय अधिकृत मरासिनीमाथि दुव्र्यवहार गरियो । मेयर र प्रमुख प्रशासकिय अधिकृत विरुद्ध उत्रिएको काँग्रेसको आन्दोलनले उग्ररुप नै लिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा विस्तारित कर्जा सुविधाको पाँचौँ समीक्षा
-
भुटानसहित ४३ देशका नागरिकलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी
-
रौतहटमा हाेलीमा धार्मिक सद्भाव बिगार्न खोज्ने ३ जना पक्राउ
-
सन्तुलित न्याय प्रदान गर्नु उपभोक्ता अदालतको जिम्मेवारी : प्रधानन्यायाधीश राउत
-
जनकपुरधाममा उल्लासका साथ मनाइयो होली
-
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन