शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उच्च अदालतबाट प्रधानाध्यापक नियुक्ति बदर

बिहीबार, ०२ असोज २०७६, १३ : ०७
बिहीबार, ०२ असोज २०७६

बुटवल– गुल्मी सदरमुकाम तम्घासस्थित महेन्द्र नमुना माध्यामिक विद्यालयमा काँग्रेस निकट व्यवस्थापन समिति र शिक्षकहरुले  एकलौटी गरेको प्रधानाध्यापक नियुक्ति सिफारिस उच्च अदालतले बदर गरेको छ । प्रधानध्यापक केशरबहादुर थापा आमा बिरामी भएर घर गएका बेला नयाँ प्रधानध्यापकका रुपमा साउन ९ गते युवराज ज्ञवालीलाई प्रधानाध्यापक नियुक्ति गरिएको थियो । त्यसविरुद्ध प्रधानाध्यापक केशरबहादुर थापा पक्षधरले रेसुङ्घा नगरपालिकामा उजुरी दिएका थिए ।

उजुरी उपर रेसुङ्घा नगरपालिकाका मेयर डिल्लीराज भुसाल र प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासनीले विद्यालय विकास तथा सञ्चालन  निर्देशिका २०७४ विपरित प्रधानध्यापक  नियुक्ति गरिएको ठहर गर्दै थापालाई नै प्रधानध्यापक नियुक्तिको प्रकृया अगाडी बढाउन पत्र पठाएको थियो ।

उक्त पत्रविरुद्ध काँग्रेस पक्षले आन्दोलन गरेका थिए । त्यसपछि  प्रधानध्याापक थापा आफुमाथि अन्याय भएको भन्दै उच्च अदादलत तुल्सीपुर बुटवल ईजालास पुगेका थिए ।  उच्च अदालतका न्यायधीशद्धय हरिप्रसाद पौड्याल र दिपेन्द्रबहादुर बमको ईजालासले  महेन्द्र नमुना माध्यामिक विद्यालयमा साउन ९ गतेका दिन प्रधानध्यापक छनौट समितिको निर्णय र  भदौ १४ गते त्यस विद्यालय ब्यवस्थापन समितिको निर्णय कार्यन्वयन  नगर्नु नगराउनु  यथास्थितिमा राख्नु भन्ने अन्तरिम आदेश जारी गरेको छ ।

बहुमतको आडमा उदण्डता 

नेकपाबाट विजयी भएका मेयर भुसाल र उपमेयर सिता भण्डारी र केहि वडाध्यक्ष बाहेक रेसुङ्घा नगरपालिकामा काँग्रेसको बहुमत छ ।  बहुमतकै आडमा  मेयर भुसाल र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइयो । ताला लगाउनुपूर्व प्रमुख प्रशासकीय अधिकृत मरासिनीमाथि दुव्र्यवहार गरियो । मेयर र प्रमुख प्रशासकिय अधिकृत विरुद्ध उत्रिएको काँग्रेसको आन्दोलनले उग्ररुप नै लिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप