शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

३६ करोड राजस्व चुहावट गर्ने तीन कम्पनीका सञ्चालकविरुद्ध अदालतमा मुद्दा

बिहीबार, ०२ असोज २०७६, १३ : ०३
बिहीबार, ०२ असोज २०७६

काठमाडौँ । राजस्व छली गरेको आरोपमा तीन व्यावसायिक कम्पनीका सञ्चालक र तीनका सहयोगीविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । ३६ करोड २ लाख ७९ हजार २ सय ३३ रुपैयाँ राजस्व छली गरेको आरोपमा तीन कम्पनीका प्रोपाइटर विरुद्ध मुद्दा दायर भएको हो । उनीहरुले नक्कली विलविजक बनाइ राजस्व छली गरेको, भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको र अन्त शुल्कको मूल्य अभिबृद्धि कर नलिइ कारोबार गरेको आरोप छ ।

नक्कली कर विजक खरिद गर्ने  काठमाडौका सरला श्रेष्ठसहित सात जना अदालतमा

काठमाडौ महानगरपालिका वडा नं. १२ का एएस हार्डवेयरका प्रोपाइटर सरला श्रेष्ठ सहित सात जना विरुद्ध राजस्व चुहावट गरेको अभियोगमा २२ करोड २६ लाख ९ सय ४५ रुपैयाँ विगो कायम गरी काठमाडौ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

प्रतिवादी सरला श्रेष्ठको आफ्नो नाममा दर्ता भएको ए।एस। हार्डवेयर (स्था.ले.नं. ३००१५९५९६) फर्मबाट वस्तु वा सेवा खरिद नै नगरी झुठ्ठा तथा नक्कली कर विजक मात्र खरिद विक्री गरेको  देखिएको छ । अन्य प्रतिवादीहरु अनंगपाल श्रेष्ठ र घनश्याम पोखरेलले फर्मको तर्फबाट गरिएको राजस्व चुहावटको कार्यमा प्रत्यक्ष रुपमा संलग्न भई नक्कली विल खरिद बिक्री गर्ने, नक्कली बिल बिजक तयारी तथा ओसारपसार, फर्मका बैंक खाता तथा कारोवार व्यवस्थापन समेत गरी प्रतिवादीहरुको राजश्व चुहावट कसूरमा प्रत्यक्ष सम्लग्नता रहेको देखिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

प्रतिवादीहरुले राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन, २०५२ को दफा ३ ले निषेधित एवं सोही ऐनको दफा ४ को खण्ड ९क० र ९ख० बमोजिम कसुर गरेको ठहर भएको छ । उनीहरुले मूल्य अभिवृद्धिकरतर्फ ६ करोड ८९ लाख ३० हजार ८ सय ७९ रुपैयाँ र आयकर तर्फ १५ करोड ३६ लाख ७० हजार ६६ रुपैयाँ राजस्व छलि गरेकोले  विगोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैदको माग गर्दै अदालतमा मुद्दा दायर भएको हो । उनीहरु विरुद्ध भदौ २५ गते मुद्दा दायर भएको हो ।

भन्सार चोरी पैठारी गरी कृष्ण ट्रेडिङ सप्लायर्सद्वारा १ करोड ५२ लाख राजस्व चुहावट

यता भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको भन्दै कपिलवस्तु जिल्ला मायादेवी गाउपालिकाको कृष्ण ट्रेडिङ सप्लायर्सका प्रोपाइटर गोपाल अग्रहरी भनिने मनिष लोहार विरुद्ध  जिल्ला अदालत कपिलवस्तुमा मुद्दा दायर भएको छ । नीजिलाई १ करोड ५२ लाख राजस्व चुहावट गरेको अभियोग छ ।

प्रतिवादी गोपाल अग्रहरी भनिने मनिष लोहारले कर्मचारी विक्की भनिने  सुनिल कुमार गुप्ताको नाममा गोदाम भाडामा लिई भन्सार चोरी पैठारी गरी राजस्व चुहावट गरेको मालवस्तुलाई भण्डारण तथा भन्सार चोरी निकासी गर्दै गरेको अवस्थामा बरामद भै दाखिला भएको मालवस्तुको राजस्व चुहावटमा मुद्दा दायर गरिएको हो । प्रतिवादी विक्की भनिने सुनिल कुमार गुप्ताले आफ्नो नाममा गोदाम भाडामा लिई मनिष लोहारले गरेको राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४ (क), (ख) र (ग) को कसुरमा सहयोग गरेका हुँदा उनलाई  मुख्य अभियुक्तलाई हुने सजायको सजाय माग दावी गरी  कपिलवस्तु जिल्ला अदालतमा यही भदौ ३१ गते मुद्दा दायर गरिएको हो ।

काठमाडौको रुक्मणी उद्योगद्वारा १२ करोड ४६ लाख राजस्व चुहावट 

काठमाडौं महानगपालिका वत्तिसपुतलीस्थित रुक्मणी इन्डस्ट्रिज प्रा।लि। ९स्थायी लेखा नं 602414654 ले राजस्व चुहावट गरेको अभियोगमा १२ करोड द्धट लाख विगो कायम गरी बारा जिल्ला अदालतमा गते मुद्दा दायर गरिएको छ ।

रुक्मणीले अन्तस्शुल्क इजाजत पत्र नलिई अन्तस्शुल्क लाग्ने वस्तुको उत्पादन गरी स्थानीय बजारमा विक्री वितरण गर्दा असुल गर्नुपर्ने अन्तस्शुल्क तथा छली भएको सो अन्तस्शुल्कमा लाग्ने मू.अ.कर असुल नगरी कारोवार गरेको देखिएकोले  जिल्ला अदालत बारामा मुद्दा दायर गरिएको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन को दफा २ (छ) अनुसार वाह्र करोड छयालिस लाख चालिस हजार सात सय वाउन्‍न रुपैया सात पैसा विगो असुल गरी ऐ. ऐनको 23 दफा (१) अनुसार रुक्मणी इन्डस्ट्रिज प्रा.लि.का संचालकद्वय प्रतिवादी एकता जाजौडिया तथा स्वेता जाजौडियालाई जरिवाना र कैद सजाय समेत हुन मागदावी लिई बारा जिल्ला अदालतमा भदौ २५ गते मुद्दा दायर गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप