बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य आज घट्यो

बिहीबार, ०२ असोज २०७६, ११ : ३०
बिहीबार, ०२ असोज २०७६

विगत तीन दिनदेखि स्थिर रहेको सुनको मूल्य बिहीबार (असोज २) तोलोको ६ सय रुपैयाँले घटेको छ ।

आज सुन तोलामा ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य विगत तीन दिन तोलामा ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन भने ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ ।

यता चाँदीको मूल्य पनि घटेको छ ।

चाँदी तोलामा १५ रुपैयाँले घटेर ८ सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप