शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

विदेशी चन्दा लिने भारतका एनजीओले अब धर्म परिवर्तनमा सहभागी नहुने घोषणा गर्नुपर्ने

बिहीबार, ०२ असोज २०७६, १० : ५९
बिहीबार, ०२ असोज २०७६

एजेन्सी । विदेशी चन्दा लिने भारतका गैर सरकारी सस्था(एनजीओ) का सबै सदस्य, पदाधिकारी र कर्मचारीहरुले अब त्यहाँको सरकारसँग धर्मपरिवर्तनमा संलग्न हुने छैन भन्ने घोषणा गर्नुपर्ने भएको छ । 

घोषणा गर्दा तिनले कहिले पनि कसैलाई धर्म परिवर्तन गराउँदिन भनेर घोषणा गर्नुपर्छ । भारतको गृह मन्त्रालयले यो आदेश जारी गरेको हो । 

सोमबार जारी गरिएको यो सूचनामा मन्त्रालयले ‘विदेशी चन्दा कानून (एफसीआरए)–२०११’ मा परिवर्तनको घोषणा गरेको छ । 

परिवर्तनपछि अब एक लाख भारुसम्मका निजी उपहार प्राप्त गर्दा सरकारलाई सूचना दिनुपर्दैन । यस अघि यो रकमको सीमा २५ हजार भारुसम्म थियो । 

सूचना अनुसार, एनजीओका पदाधिकारी, कर्मचारी र प्रत्येक सदस्यले विगतमा कुनै पनि व्यक्तिलाई एक धर्मबाट अर्को धर्ममा परिवर्तन गराएकोमा वा साम्प्रदायिक द्वन्द्व फैलाएकोमा सजाय वा दोषी ठह¥याएको छैन भनेर प्रमाणित गर्नुपर्छ । 

यस अघिको एफसीआरए २०१० का अनुसार एनजीओका निर्देशक पदमा रहेका मानिसले मात्र यस्तो प्रक्रियामा सहभागी हुनुपथ्र्यो ।  

अब एनजीओका प्रत्येक सदस्यले एक शपथ–पत्र लेखेर विदेशी चन्दालाई कुनै काममा प्रयोग गर्दिन वा त्यसको प्रयोग ‘राजद्रोह’ वा ‘हिंसा वृद्धि गर्न’ गतिविधिमा दिन्न भन्नुपर्छ ।  

पहिले यो शपथ–पत्र केवल एनजीओ दर्ता गर्ने व्यक्तिले मात्र दिनुपथ्र्यो । 

एफसीआरएमा भएको नयाँ परिवर्तन अनुसार यदी कुनै भारतीय व्यक्तिलाई विदेश भ्रमणको दौरान आपतकालिन अवस्थामा उपचारको आवश्यकता हुन्छ र उसले विदेशी सहयोग लियो भने एक महिाभित्र यसको सूचना सरकारलाई दिनुपर्नेर्छ । 

सूचनामा व्यक्तिले आर्थिक सहयोगको स्रोत, भारतीय मुद्रामा त्यसको मूल्य र यसको प्रयोगको पूरा जानकारीको विवरण दिनुपर्छ । 

पछिल्लो पाँच वर्षमा मोदी सरकारले विदेशी चन्दा प्राप्त गर्न र त्यसको प्रयोगसँग सम्बन्धित कानूनमा कडाई गरेको छ । यो अवधिमा विभिन्न एफसीआरए नियमको उल्लंघन गरेको पाइएका झण्डै १८ हजार एनजीओको विदेशी चन्दा पाउने अनुमति खारेज गरिएको थियो । 

द वायरबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप