एकै खेलमा कोहलीले तोडे रोहितका दुई किर्तिमान

बुधबार धर्मशालामा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टी–२० खेलमा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले एकै पटक दुईवटा किर्तिमान तोडेका छन् । संयोगले ती दुवै किर्तिमान सहकर्मी तथा उपकप्तान रोहित शर्माका थिए ।
खेलमा कोहलीले नटआउट रहँदै ७२ रन बनाएपछि भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
योसँगै कोहलीले टी–२० अन्तर्राष्ट्रिय खेलहरुमा सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा शर्मालाई उछिनेका छन् ।
खेलको शुरुवातमा कोहलीले ६५ इनिङमा २,३६९ रन बनाएका थिए भने शर्माले ८८ इनिङमा २,४२२ रन बनाएका थिए ।
बुधबारको खेलमा शर्मा मात्र १२ रन बनाएर आउट भए भने कोहली नटआउट रहँदै रोहितलाई ७ रनले उछिने ।
६६ इनिङपछि कोहलीको अब २,४४१ रन भएको छ भने ८९ इनिङबाट रोहितको २४३४ रन रहेको छ ।
कोहलीले खेलमा आफ्नो २२ औँ अर्धशतक पनि पुरा गरे । योसँगै उनले शर्माले बनाएको २१ औँ अर्धशतकको किर्तिमान भंग गरे ।
बुधबार कोहलीले मात्र ५२ बलमा चार चौका र तीन छक्का हिर्काएका थिए । योसँगै कोहली क्रिकेटका तीनवटै फर्म्याटमा ५० भन्दा बढी औसत भएको एक्ला खेलाडी बनेका छन् । कोहलीको टेस्टमा ५३.१४, एकदिवसीयमा ६०.३१ र टी–२० मा ५०.८५ को औसत रहेको छ ।
गत वर्ष पनि उनको तीनवटै फर्म्याटमा ५०भन्दा बढीको औसत रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ