श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख जरिवाना
बिहीबार, ०२ असोज २०७६, ०७ : ४७
१
सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिक ठग्ने म्यानपावरबाट जरिवाना समेत असुल्न थालेको छ ।
साउन र भदौ महिनामा वैदेशिक रोजगार विभागले श्रमिक ठग्ने म्यानपावरलाई ३६ लाख ५० हजार रुपैयाँ जरिवाना तिराएको हो ।
विभागका महानिर्देशक भीष्मकुमार भुसालले ठगी गर्नेलाई सजाय गर्नुपर्ने कानुनी व्यवस्था भएकाले जरिवाना लिन सुरु गरेको बताए ।
विगतमा ठगी गर्ने म्यानपावरबाट श्रमिकलाई क्षतिपूर्ति मात्र भराउने चलन थियो । वैदेशिक रोजगार ऐन २०६४ मा गलत सूचना दिने, श्रमिक ठगी गर्ने म्यानपावर र सम्बद्ध संस्था र व्यक्तिलाई जरिवाना तिराउनुपर्ने व्यवस्था छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा