भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा नागरिकता विधेयकप्रति झनै चासो
नागरिकता विधेयकको वैवाहिक अंगीकृतसम्बन्धी प्रावधानलाई लिएर संघमा सत्तारुढ नेकपा र मुख्य प्रतिपक्षी कांग्रेसलगायत दलहरुबीच रस्साकसी चलिरहेका बेला भारतसँग सबै जिल्ला जोडिएको प्रदेश नं २ मा यो झनै चासोको विषय बनेछ ।
प्रदेश २ का आठै जिल्लामा नेपाल–भारत दुवैतिर बिहेवारी हुने चलन नौलो होइन तर पछिल्ला वर्षमा भारतीय बुहारी भित्रिने संख्य निकै बढेको छ । प्रदेश २ मा भारतबाट विवाह गरेर आउने संख्या रहेक वर्ष ५ हजारभन्दा बढी रहेको अनुमानित तथ्याङ्क छ ।
नेपाली चेलीको भारततर्फ बिहेवारी भने नगण्य छ । वैवाहिक अंगीकृत नागरिकता लिन अहिलेकै प्रावधानअनुसार पनि आधा दर्जनभन्दा बढी प्रमाण बुझाउनुपर्छ । यसका लागि ७ नं अनुसूची फारम, वडाको सिफारिस, पतिको नेपाली नागरिकता, जन्ममिति खुलेको कागजात, बुबाआमाको परिचयपत्र, विदेशी नागरिकता परित्याग लागि गरेको कारबाहीको रसिद र विदेशी नागरिकता त्याग गरेको सपथपत्र अनिवार्य छ ।
तैपनि यस्तो नागरिकता लिनेको संख्या बर्सेनि दोब्बरभन्दा बढी हुने गरेको छ । जिल्ला प्रशासन कार्यालय धनुषाबाट वैवाहिक अंगीकृत नागरिकता लिने महिलाको संख्या ५ वर्षयता तीन गुणाले बढेको छ । ०७१ मा धनुषाबाट २८८ महिलाले वैवाहिक अंगीकृत नागरिकता लिएका थिए । यो समाचार कान्तिपुर दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तलब खुवाउन विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, अख्तियारले चलायो मुद्दा
-
‘निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन्’
-
राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँः मन्त्री भण्डारी
-
सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिन अध्यक्ष श्रेष्ठको निर्देशन
-
सार्वजनिक खरिद ऐनलाई संशोधन गरी निर्माण उद्योगमैत्री बनाउन आवश्यक: अध्यक्ष सिंह
-
आयरल्यान्ड ‘ए’ विरुद्ध लोकेश बमको शतक, नेपाल जिततर्फ अग्रसर