बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विमानलाई पाकिस्तानी आकाशमा प्रतिबन्ध

बिहीबार, ०२ असोज २०७६, ०० : ०५
बिहीबार, ०२ असोज २०७६

एजेन्सी-पाकिस्तानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नो एयरस्पेस प्रयोग गर्ने अनुमति दिन अस्वीकार गरेको छ। सेप्टेम्बर २१ मा अमेरिका भ्रमणमा निस्किन लागेका प्रधानमन्त्री मोदीका लागि भारत सरकारले पाकिस्तानसँग एयरस्पेश उपलव्ध गराइदिन माग गरेलगत्तै पाकिस्तानले सो प्रस्तावलाई अस्वीकार गरेको हो ।

काश्मिरबाट धारा ३७० हटाउने भारतको निर्णयपछि पाकिस्तान भारतसँग नराम्रोसँग चिढिएको छ । पाकिस्तान त्यसपछि कूटनीतिका आधारभूत कुरा समेत स्वीकार्न गर्न तयार देखिएको छैन । भारतीय प्रधानमन्त्री मोदी सेप्टेम्बर २१ मा अमेरिका जाँदैछन् र त्यसका लागि पाकिस्तान सरकारलाई एयरस्पेस प्रयोग गर्नका लागि अनुरोध गरिएको थियो। तर पाकिस्तानले यसलाई अनुमति दिएन ।

यसअघि पनि पाकिस्तानले भारतीय राष्ट्रपति रामनाथ कोविन्दको जहाजका लागि एयरस्पेसबाट उडान गर्न अनुमति दिन अस्वीकार गरेको थियो । पाकिस्तानका परराष्ट्रमन्त्री शाह मेहमूद कुरेशीका अनुसार भारतले प्रधानमन्त्री मोदीको विमान पाकिस्तान हुँदै २१ सेप्टेम्बरमा अमेरिका जान र २८ सेप्टेम्बरमा फिर्ता आउनका लागि अनुमति मागेको थियो । पाकिस्तानले यसका लागि अनुमति नदिएपछि इस्लामाबादस्थित भारतीय उच्चायोगलाई पनि रिपोर्ट गरिएको छ। मन्त्री कुरेशीले भने, कश्मीरको वर्तमान अवस्था र भारतको दृष्टिकोणलाई ध्यानमा राख्दै हामीले हाम्रो एयरस्पेसलाई उडानका लागि अनुमति नदिने निर्णय गरेका छौं। 

प्रधानमन्त्री मोदीको लागि आफ्नो एयरस्पेस नदिने पाकिस्तानको निर्णयप्रति भारतले चर्को विरोध गरेको छ । भारतीय परराष्ट्र मन्त्रालयका प्रवक्ता रविश कुमारले पाकिस्तान सरकारले एक हप्तामा दोस्रो पटक विमानको लागि मार्ग दिन अस्वीकार गरेको बताएका छन् । पाकिस्तानले अन्तर्राष्ट्रिय नियमहरूको पालना गर्नुपर्दछ र त्यस्तो एकतर्फी निर्णय लिने आफ्नो पुरानो बानीबाट अलग रहनुपर्ने समेत उनले स्पष्ट पारे ।

भारतले आईसीएओमा रिट हाल्न सक्दछ
पाकिस्तानले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीको विशेष विमानलाई एयरस्पेशको अनुमति नदिने भन्ने मुद्दामा भारतले पाकिस्तानको बिरूद्ध अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईसीएओ) लाई मुद्धा हाल्न सक्ने जनाइएको छ। आईसीएओको सम्झौताअनुसार दुई देशबीचको युद्धको समयमा मात्र एयरस्पेस प्रयोग गर्नबाट रोक्न सकिन्छ। यस नियमलाई नमान्ने देशहरूमाथि दण्ड लगाउने प्रावधान पनि छ।

स्मरण रहोस् प्रधानमन्त्री नरेन्द्र मोदी २२ सेप्टेम्बरमा अमेरिकामा आयोजित एक कार्यक्रममा भाग लिन सेप्टेम्बर २१ मा अमेरिका भ्रमण गर्न लागेका हुन्। यस समयमा लगभग ५० हजार व्यक्तिको उपस्थिति हुनेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप