बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नयाँ सुरक्षा सल्लाहकार नियुक्त

बुधबार, ०१ असोज २०७६, २२ : ४३
बुधबार, ०१ असोज २०७६

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार नयाँ राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त गरेका छन् ।

केहीदिन अगाडि तत्कालीन सुरक्षा सल्लाहकारलाई हटाएपछि खाली भएको ठाउँमा राष्ट्रपति ट्रम्पले रोबर्ट ओब्राएनलाई नियुक्त गरेका हुन्। 

“मैले रोबर्टसँग लामो समय कडा काम गरेको छु, आशा छ अहिले पनि उनले आफ्नो जिम्मेवारी राम्रोसँग पूरा गर्नुुहुनेछ,” रोबर्टलाई नियुक्त गरेपछि ट्रम्पले ट्वीटरमा लेखेका छन् । 

गत हप्ता ट्रम्पले तत्कालीन सुरक्षा सल्लाहकार जोन बोल्टनलाई जिम्मेबारीबाट हटाएका थिए । 

राष्ट्रपति ट्रम्पले अहिलेसम्म आफूले नियुक्त गरेका दर्जनभन्दा बढी पदाधिकारीहरूलाई बर्खास्त गरेका छन् भने कतिपयले उनीसँग काम गर्न नसकेको भन्दै राजीनामा दिएका छन् । Photo: washington Examiner
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप