शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

भारतमा ई–चुरोट प्रतिबन्ध लगाउने निर्णय

बुधबार, ०१ असोज २०७६, २२ : ३०
बुधबार, ०१ असोज २०७६

एजेन्सी-भारतको केन्द्रीय सरकारले देशभरी ई–चुरोट प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले ई–चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको मन्त्रीहरुले जानकारी दिएका छन् । 

निर्णयका बारेमा बैठकपछि पत्रकारहरुलाई जानकारी दिँदै अर्थमन्त्री निर्मला सीतारमणले नागरिकको स्वास्थ्य हितलाई ध्यानमा राखेर ई–चुरोट प्रतिवन्धको प्रस्ताव पारित गरिएको बताइन् । 

“केन्द्रीय मन्त्रिपरिषद् बैठकले ई–चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ, यसको अर्थ ई–चुरोट उत्पादन, किनबेच, ओसारपसार, भण्डारण र विज्ञापन गर्न नपाउने पनि हो,” उनले भनिन्  । 

संयुक्त राज्य अमेरिकामा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै अर्थमन्त्री सीतारमणले सन् २०११ र २०१५ देखि २०१६ सम्ममा ई–चुरोट प्रयोगकर्ताको संख्या ९०० प्रतिशतले वृद्धि भएको बताइन्  ।

ई–चुरोट प्रतिबन्ध निर्देशिका २०१९ मा ई–चुरोट प्रयोग गरेमा के के कारबाही हुने भन्ने व्यवस्था गरिएको छ ।

ई–चुरोट प्रयोग गरेको पहिलो पटक भेटिएकालाई एक प्रकारको र एक पटक कारबाही भइसकेर फेरी पनि प्रयोग गरेको भेटिएमा अझ कडा कारबाहीको व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन् ।  

सूचना तथा प्रसारणमन्त्री प्रकाश जाभादेकरले ई–चुरोट प्रतिबन्ध लगाउनुपर्ने बेला भएको बताए । 

उनले ई–चुरोट प्रतिबन्ध लगाउने प्रस्ताव पर्याप्त छलफलपछि मन्त्री परिषद्मा पेस भएको र पारित गरिएको पनि जानकारी दिए । 

“यो एकदमै स्वागत योग्य कदम भएको छ, यस्ता व्यवस्थाले जहिले पनि राम्रो गर्नेछन्,” उनले पत्रकारहरुसँग भने ।  Photo: PTI

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप