शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विज्ञान नीति चाँडै कार्यान्वयनमा आउने

बुधबार, ०१ असोज २०७६, २१ : ४५
बुधबार, ०१ असोज २०७६

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय विज्ञान तथा नव–प्रवर्तन नीति, २०७६’ लाई तत्कालै कार्यान्वयनमा लगिने जनाएका छन् । समृद्धि र विकासमा विज्ञान र प्रविधिका क्षेत्रबाट सघाउने लक्ष्यका साथ सरकारले आज सार्वजनिक गरेको सो नीतिलाई कानूनी, आर्थिक र कार्यक्रमिक हिसाबले कार्यान्वयनमा लगिने उनले बताए । 

सातौँ राष्ट्रिय विज्ञान दिवसका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सो नीति सार्वजनिक गरेका थिए । मन्त्री पोखरेलले नयाँ पुस्ताले सिर्जनशीलता र अनुसन्धानमा जोड दिएर समृद्धि र विकासमा सघाउन आग्रह गर्दै माध्यमिक शिक्षा परीक्षा, कक्षा १० को गणित र विज्ञान विषयमा विद्यार्थीको ग्रेड वृद्धि गराउन पनि लाग्नुपर्नेमा जोड दिए ।

उनले विज्ञान र नवप्रवर्तनका क्षेत्रमा युवाहरुलाई प्रोत्साहनका लागि चाँडै अन्तर्राष्ट्रिय सम्मेलन गर्ने जानकारी पनि दिए ।

 ‘विज्ञान प्रविधिको विकास, नव–प्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन र उत्पादकत्व वृद्धि गरी नागरिकको जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने’ लक्ष्य लिई मन्त्रिपरिषद्को गत भदौ २६ गतेको बैठकले उक्त नीति पारित गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप