केन्द्रीय संस्करण

डेंगु रोग नियन्त्रणका लागि पर्यटन बोर्डले अभियान सञ्चालन गर्ने

person explore access_timeअसोज १, २०७६ chat_bubble_outline0
file photo

काठमाडौं– नेपाल पर्यटन बोर्डले डेंगु रोगको संक्रमण हुन नदिनका लागि पर्यटकीय स्थलहरुमा विशेष अभियान नै सञ्चालन गर्ने भएको छ ।  डेंगु रोगको संक्रमणबाट ‘नेपाल भ्रमण वर्ष–२०२०’ मा पनि नराकारात्मक प्रभाव पर्ने देखिएपछि बोर्डले पर्यटकहरुको खाने, बस्ने, भ्रमण गर्ने पर्यटकीय स्थलहरुमा यसको संक्रमण हुन नदिन विशेष अभियाननै संचालन गर्ने योजना तय गरेको हो ।

सोही अभियानको तयारीका लागि बोर्डले बुधबार काठमाडौंमा सम्बन्धित क्षेत्रका चिकित्सकहरुसँग पनि छलफल गरेको छ । पर्यटकीय स्थलहरुमा डेंगु रोगको संक्रमण हुन दिन चिकित्सकहरुसँग आवश्यक छलफल गरिएको बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

बोर्डले चिकित्सकहरुले दिएको सुझावलाई समेटेर सो रोगको संक्रमण हुन नदिन पर्यटन व्यवसायीहरुलाई पनि सचेत गराउनेछ । बोर्डले पर्यटन व्यवसायीहरुसँग मिलेर सो रोगको संक्रमण पर्यटकीय स्थलहरुमा नभएको सन्देश दिने योजना पनि तय गरेको छ । 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...