केन्द्रीय संस्करण

नेपाल भ्रमण वर्ष–२०२० को आधिकारिक वेबसाईट सार्वजनिक

person explore access_timeअसोज १, २०७६ chat_bubble_outline0

काठमाडौं– ‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम र लिङ्डईन पनि सञ्चालनमा ल्याइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच ‘नेपाल भ्रमण वर्ष–२०२०’ को सम्पूर्ण सूचनाहरु जानकारी दिने उद्देश्यका साथ तयार पारिएको सो आधिकारिक वेबसाईट तथा सामाजिक सञ्जालका ह्यान्डलहरुको एकैसाथ शुभारम्भ गरेका हुन् ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को सचिवालयले तयार पारेको वेबसाईटहरुमा www.visitnepal2020.gov.np / www.visitnepalnews.gov.np रहेका छन् । त्यसैगरी सामाजिक सञ्जालहरुको ह्यान्डलहरुमा facebook-nepallifeexperiecces, Instagram-@visitnepalyear2020_official, Linkedin-@visitnepal2020-secretariat रहेका छन् । यसमा नेपाल भ्रमण वर्षका सम्पूर्ण सूचनाहरु समावेश गरिने ‘नेपाल भ्रमण वर्ष–२०२०’ का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यले जानकारी दिए । कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले नेपाल भ्रमण वर्षको तयारीको कामलाई तीव्रता दिने क्रममा यसको आधिकारिक वेबसाईटहरुको पनि शुभारम्भ गरिएको बताए ।

‘नेपाल भ्रमण वर्ष–२०२०’ को आधिकारिक वेबसाईटमा राष्ट्रपति विद्या भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल सम्बन्धि जानकार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्तिहरुको पनि सो सम्बन्धि सन्दर्भ सामग्रीहरु भिडियोमार्फत सार्वजनिक गरिनेछ । मन्त्री भट्टराईले यी वेबसाईटहरुबाट नेपाल भ्रमण वर्षको तयारीका सम्पूर्ण गतिविधि सार्वजनिक गर्न पनि सम्बद्ध सबै निकायलाई निर्देशन पनि पनि दिए ।

मन्त्री भट्टराईले यस अघि ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन उद्योगी, व्यवसायी र कलाकारहरुसँग छलफल गरेका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.