शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संविधानको परिधिभित्रै रहेर एजेण्डा स्थापित गर्न लाग्छौंः कमल थापा

बुधबार, ०१ असोज २०७६, १७ : २७
बुधबार, ०१ असोज २०७६

काठमाडौं–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधि भित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापनालाई लागि संघर्ष गर्ने बताएका छन् । 

अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुर्नस्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै रहेर संघर्ष गर्ने बताएका हुन् । 

उनले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोही अनुसारको सहयोग गरिरहेको दावी गरे । 

बुधबार काठमाडाैंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष थापाले बिद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने पनि स्पष्ट पारे। 

अध्यक्ष थापाले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप