नर्भिकमा अस्पतालमा तौल कम गर्ने जटिल शल्यक्रिया सम्पन्न
काठमाडौं– नर्भिक इन्टरनेशनल हस्पिटलमा नेपाली शल्यचिकित्सकहरुको टोलीद्वारा अस्वाभाविक वा ज्यादा मोटोपन कम गर्ने जटिल शल्यक्रिया सेवाको सुरुवात गरिएको छ ।
जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागका शल्यचिकित्सकरुको टोलीले नर्भिकमा हालै अस्वाभाविक मोटोपनका कारण सिर्जित उच्च रक्तचाप र अब्स्ट्रक्टिभ स्लिप अप्निया रोगले पीडित ६५ बर्षिय महिलामा उक्त शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो ।
इमाडोल निवासी ६५ बर्षिय अञ्जु बुढाथोकी विगत लामो समयदेखि मोटोपनको समस्याबाट पीडित थिइन् । हिडडुल गर्न गाह्रो, रक्तचाप बढेर १६०/९० भन्दा तल नझर्ने समस्या, अलिकति हिड्दा पनि स्वाँ स्वाँ हुने समस्या त छँदै थियो, त्यसमाथि राति निन्द्रा नपर्ने समस्याले बढी नै सताएको थियो ।
साथै राति तारान्तार पिसाव फेर्न गइरहनुपर्ने अर्को विकराल समस्या पनि थियो उनलाई । विभिन्न हस्पिटलहरुमा जचाए पनि समस्या ज्यूँका त्यूँ भए । केहि समयपूर्व उनी नर्भिकको जनरल, जि.आई. एण्ड ल्यापारोस्कोपिक सर्जरी विभागमा परामर्शका लागि आइन ।
अब्स्ट्रक्टिभ स्लिप अप्निया (राती घुर्ने र निन्द्रा नपर्ने) समस्याका लागि नर्भिकका बरिष्ठ श्वास–प्रश्वास रोग विशेषज्ञ प्रा.डा. रमेश चोखानीसँगको परामर्शपश्च्यात जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यचिकित्सकरुको टोलीसँगको परामर्शमा रहिन् ।
शरुमा निर्णय लिन निकै गाहे परेपनि शल्यचिकित्सकहरुको टिमको लगातार परामर्श र सहयोगका कारण यो शल्यक्रिया गर्ने निर्णयमा उनी पुगेको बताईन् ।
बेरियाट्रिक शल्यक्रिया (जसलाई तौल कम गर्ने शल्यक्रिया वा मेटावोलिक (चयापचय) शल्यक्रिया पनि भनिन्छ ) विशेषतः ज्यादा मोटोपन भएका (जसको बि.एम.आई. ४०÷के.जी. वा ३५ के.जी. भन्दा बढी भई मोटोपनका कारण सिर्जित मधुमेह, उच्च रक्तचाप, अब्स्ट्रक्टिभ स्लिप अप्निया लगायत डिसलिपिडिमिया जस्ता मुटुजन्य रोग र निःसन्तान वा बाँझोपन जस्ता समस्याको उपचार गर्ने गरिन्छ ।
यसखाले शल्यक्रियाका फाइदाहरुमा केवल शारीरिक तौल कम गर्ने मात्र नभएर माथि उल्लेख गरिएका चिकित्सकीय समस्याहरुको न्यूनीकरण वा निराकरण गर्नु समेत हुन्छ ।
नर्भिकको जनरल, जि.आई.एण्ड ल्यापारोस्कोपिक शल्यक्रिया विभागले ल्यापारोस्कोपिक कोलो–रेक्टल शल्यक्रिया, ल्यापारेस्कोपिक हर्निया शल्यक्रिया, ल्यापारोस्कोपिक इन्टेस्टाइनल शल्यक्रिया (पित्त थैली, एपेण्डिक्स, र सानो आन्द्राका विविध शल्यक्रियाहरु), पेट÷आमाशय, प्याङ्क्रियाजका शल्यक्रियाहरु, तथा ल्यापारोस्कोपिक लिभर (कलेजो) शल्यक्रियाहरु सफलताका साथ नियमित रुपमा गर्दै आएको छ ।
यसखाले तमाम शल्यक्रियात्मक उपचार विश्वसनीयरुपमा स्वदेशमै र सर्वसुभल रुपमा उपलब्ध हुन थालेपश्चात स्तरीय शल्यक्रियाका लागि अथाह धनराशी खर्चेर विदेश धाउनुपर्ने वाध्यता अब नरहेको शल्यक्रिया टोलीका सदस्य डा. प्रकाश चौधरीले बताए ।
हिड्डुल गर्न नसक्नु, श्वास–प्रश्वासमा समस्या हुनु, निन्द्रा नपर्नु, रक्तचाप बढ्नु र राति तारन्तार पिसाव फेर्न गइरहनु आदि सवै समस्याहरु उहाँको अश्वाभाविक मोटोपनबाटै सिर्जित भएका थिए ।
त्यसर्थ, उक्त मोटोपन कम नगरिएसम्म उहाँमा प्रभावकारी उपचार गर्ने ÷गराउने सम्भावना थिएन नै । त्यसैले पारिवारिक सर–सल्लाह पश्चात् उपर्युक्त शल्यक्रिया गराउन अञ्जु तयार भएको अस्पतालले बताएको छ । साथै उनको पित्तथैलीमा स–साना धेरै पत्थरीहरु (मल्टिपल कोलिलिथियासिस) पनि थिए ।
सोही अनुरुप गत भदौ २५ गते बुधवार अञ्जु नर्भिकमा भर्ना भइन् । भदौ २६ गते विहिवार उनको दुवै खाले सफल शल्यक्रिया भयो । शल्यक्रियापूर्व हस्पिटलमा भर्ना हुँदा उन तौल ९० के.जी. थियो हाल उनको तौल ८५ के.जी.मा झरिसकेको र वि.एम.आई. पनि केवल ४१ मात्रै रहेको छ ।
के हो त ल्यापारोस्कोपिक स्लिभ ग्याष्ट्रेक्टोमी शल्यक्रिया ?
स्लिभ ग्यास्ट्रेक्टोमी एउटा शल्यक्रियात्मक प्रक्रिया हो, जसले आमाशयमा खाना अट्ने क्षमता कम गर्दछ । यस प्रक्रियामा आमाशयको करिव ७५ प्रतिशत भाग हटाइन्छ र आमाशयलाई नली आकारमा परिवर्तन गरिन्छ, ता कि त्यहाँ कम मात्रै खाना अट्न सकोस् ।
उनको सफलतम् शल्यक्रियात्मक उपचार नर्भिकका बरिष्ठ जनरल, जी.आई.एण्ड ल्यापारोस्कोपिक सर्जन प्रा.डा. मुकुन्दराज जोशीको टोलीले गरेको थियो । उक्त टोलीमा प्रा.डा. जोशीका अलावा डा. सञ्जय पौड्याल, डा. टंक प्रसाद बोहरा, डा. प्रकाश चौधरी र एनेस्थेसियोलोजिष्ट डा. सुरेश लामिछाने संलग्न थिए ।
शल्यक्रिया पश्चात् उनलाई एक दिन आई.सी.यु.मा राखी तत्पश्चात् वार्डमा सारिएको थियो । यसपूर्व नर्भिकमा त्यसखाले शल्यक्रिया नभएका भने होइनन् तर विदेशी विशेषज्ञहरुको प्रत्यक्ष संलग्नतामा मात्रै ।
नर्भिकमा नेपाली चिकित्सकहरुको टोलीद्वारा मात्रै गरिएको यस खाले सफल शल्यक्रिया भने यो पहिलो थियो । श्रीमती बुढाथोकी हिजो साँझ डिस्चार्ज भइसकेको अस्पतालले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्यम गर्न चाहनेलाई हलेसी तुवाचुङ नगरपालिकाले निर्ब्याजी ऋण दिने
-
‘सार्क नेपालका लागि अपरिहार्य संगठन हो’
-
‘सार्कले गर्दा नेपाललाई केही फाइदा हुँदैन, बरु बीबीआईएन ठिक छ’
-
सैफलाई अस्पताल पुर्याउने अटो चालकलाई बक्सिस दिँदै मिका सिंह
-
संन्यास लिन लागेकी हुन् रश्मिका मन्दानाले ?
-
फूल ‘एक्सन’मा ट्रम्प, सीमामा पठाए १५०० सिपाही