राजधानीको कपनमा हातखुट्टा बाँधेर झुण्ड्याएको अवस्थामा महिला मृत फेला
बुधबार, ०१ असोज २०७६, १६ : ५९
काठमाडौं– राजधानीको कपनमा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । कपनको तेन्जिङ चोकस्थित कोठामा कपिलबस्तुको बाणगंगा नगरपालिकाकी कमला केसी मृत अवस्थामा फेला परेकी हुन् ।
कोठाभित्र हातखुट्टा बाँधेर झुण्ड्याइएको अवस्थामा उनको शव फेला परेको महानगरीय प्रहरी वृत्त बौद्धका डीएसपी रमेश सिंहले जानकारी दिए।
पहिलो श्रीमानसँग सम्बन्धविच्छेद भएपछि दोस्रो बिहे गरेकी उनको मृतबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको पनि सिंहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतारको चाहना ‘डोमेस्टिक वर्कर’, नेपालको चाहना ‘श्रम समझदारी रिभ्यू’
-
बागमतीको समृद्धि : उत्पादन र रोजगारीमा वृद्धि
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा