‘गोर्खे’ गीत : अर्जुन र एन्जलको ‘गाउँभरि हल्ला’
बुधबार, ०१ असोज २०७६, १६ : ५३
काठमाडौं– फिल्म ‘गोर्खे’ को नयाँ गीत ‘गाउँभरि हल्ला’ सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको प्रचारलाई अगाडि बढाउन यो गीत बाहिर ल्याएको हो । गीतमा कलाकार अर्जुन गुरुङ, एन्जल श्रेष्ठ लगायत देखिएका छन् । भुषण खतिवडाको स्वर तथा हरि लम्सालको शब्द संगीत रहेको गीतमा कोरियोग्राफी शिव विकले गरेका छन् ।
रविन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ्ग, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राई लगायतकाको प्रमुख अभिनय रहेको छ । हरि लामा प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता तिर्थ कोजु र हरि थापा हुन् । कोजु इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा निरज कँडेलको छायाँकन, हिमाल केसीको द्वन्द्व र मित्र डि गुरुङको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह
-
जसपा महाधिवेशन प्रतिनिधि चयन गर्ने निर्देशिकाको मस्यौदा तयार