रु १०० मा नेपाल टेलिकमले ३ जीबी डाटा प्याक दिने
बुधबार, ०१ असोज २०७६, १६ : २६
१

काठमाडौं–संविधान दिवसका अवसरमा नेपाल टेलिकमले एक आकर्षक अफर सार्वजनिक गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्थि जारी गर्दै जम्मा एकसय रुपैयाँमा ३ जिबी डाटा प्याक योजना सार्वजनिक गरेको हो ।
यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले जम्मा ३ जिबी डाटा प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले जानकारी दिइन् ।
यो सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्ने छ भने 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने प्रवक्ता बैद्यले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ठूला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको समय दुई वर्ष थप
-
आईजीपी कुँवरसहित ९ जना उच्च प्रहरी अधिकृतहरू भोलिदेखि सेवा निवृत्त हुँदै
-
आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व विधेयकमाथि सैद्धान्तिक छलफल सुरु
-
इटहरीमा सुन र नगद चोरी
-
आईपीएलभन्दा वृहत् फ्रेन्चाइज प्रतियोगिता आयोजना गर्ने तयारीमा साउदी सरकार
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु