मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आफ्नो देशका सेना सबल हुने कुरामा पनि डराउँछन् साउदी अरबका शासक

बुधबार, ०१ असोज २०७६, १६ : १०
बुधबार, ०१ असोज २०७६

एजेन्सी । साउदी अरबसँग पैसाको कुनै कमी छैन । साउदी अरबको सम्पन्नता देशको सरकारी पेट्रोलियम कम्पनी अराम्कोबाट पनि थाहा पाइन्छ । 

साउदी अराम्को संसारको सबैभन्दा ठूलो तेल उत्पादक कम्पनीको रुपमा चिनिन्छ । साउदी अरबको अराम्को तेल कम्पनीले सन् २०१८ मा १११ अर्ब डलरको नाफा कमायो । 

यो कम्पनीको नाफा एप्पल, अल्फाबेट र एक्जन मोबिलकोभन्दा पनि निकै धेरै छ । एक्जन मोबिल अमेरिकाको सबैभन्दा ठूलो तेल कम्पनी हो । 

साउदी अराम्कोको स्वामित्वमा संसारभरीका कयैन ठूला तेल–क्षेत्र छन् र कम्पनीले ती धेरै सस्तो मुल्यमा पाएको छ । 

सन् २०१८ मा अराम्कोले साउदी सरकारलाई १.६० खर्ब डलर रकम दियो । युवराज सलमान अराम्कोलाई २० खर्ब डलरको कम्पनी बनाउन चाहन्छन् । 

साउदी अराम्को कम्पनीले पहिलो पटक आफ्नो आय घोषणा गरेको छ । कम्पनीको तर्फबाट जारी गरिएको वित्तीय नतिजा अनुसार वर्षभरी अराम्कोको कुल आय ३५५.९ अर्ब डलर रह्यो । 

कम्पनीको आगामी योजना ब्राण्ड बेचेर १० अर्ब जुटाउने छ । आफ्नो कमाइलाई लिएर चर्चित यो कम्पनीको स्थापना अमेरिका तेल कम्पनीले गरेका थियो । 

त्यो कुरा अराम्कोको पूरा नाममा पनि झल्किन्छ । अराम्कोको पुरा नाम ‘अरबी अमेरिकन ओयल कम्पनी’ हो । साउदी अरबले अराम्कोलाई सन् १९७० को दशकमा राष्ट्रियकरण गरिदिएको थियो । 

सम्पन्नताको बावजुद कमजोर 
तर सम्पन्नताको जुन स्तर छ त्यसको तुलनामा साउदी अरबको सैन्य शक्ति देखिँदैन ।   

यमन मध्य–पूर्वको सबैभन्दा गरीब देश हो । यमन विरुद्ध धनाढ्य देश साउदी अरबले चार वर्षदेखि युद्ध लडिरहेको छ । यमनविरुद्ध साउदी मात्र होइन कयैन संयुक्त अरब एमिरेटसमेत कयैन देशहरु छन् । साउदी अरबले उक्त गठबन्धनको नेतृत्व गरिरहेको छ । 

साउदीसँग आफू लडिरहेको यमनको हुथी विद्रोहीको तुलना अत्याधुनिक हतियार छ तर अनौठो कुरा विगत चार वर्षमा उ युद्ध जित्नुको साटो झन् झन् फस्दै गएको छ । 

यस्तो किन भइरहेको छ ? साउदीसँग पैसाको कमी छैन । अत्याधुनिक हतियार छ तर पनि उसको सेना यमनसँग किन युद्ध जित्न सकिरहेको छैन ? 

साउदी अरबको सुरक्षालाई लिएर सबैभन्दा ठूलो चुनौती भनेको तेलको ठूलो आय सैन्य शक्तिमा रुपान्तरण गर्न नसक्नु । सैन्य विज्ञ साउदी सेनालाई त्यति बलियो मान्दैनन् ।  

सेनाबाट ‘कू’को डर 
खासमा साउदी शासकहरु आफ्नो देशको सेना बलियो भयो भने ‘कू’ गर्ला भनेर डराउँछन् । यही कारणले साउदी शाही परिवारले आफ्नै देशलाई ठूलो बनाउन दिएका छैनन् । 

सुरक्षा मामिलामा कमजोर भएको कारण साउदी अरब आफ्नो सुरक्षाको लागि अमेरिका र पाकिस्तानमा निर्भर रहन्छ । 

यमन विरुद्धको लडाईँमा साउदी अरबले कति खर्च गरिसक्यो त्यसको जानकारी अहिलेसम्म बाहिरिएको छैन । तर पछिल्लो दुई वर्षमा साउदी अरबको कुल विदेशी धनमा २ खर्ब डलरको गिरावट आएको छ । 
यसबाट लडाईँमा साउदीलाई धेरै नोक्सानी भएको देखिन्छ । साउदी अरबले यमनमा सन् २०१५ मार्चमा हस्तक्षेप सुरु गरेको थियो । 

साउदीको नेतृत्वमा रहेको सैनिकले यमनमा त्यो समयदेखि हवाई आक्रमण गरिहरेका छन् । त्यसबाहेक सानो संख्यामा जमिनमा पनि सेना पठाएको भए पनि साउदी अरबले जित हासिल गर्न सकेको छैन । 

सैन्य सामर्थ्यमा प्रतिद्वन्दी इरान अघि
वाशिन्टन इन्स्टीच्युटमा इराक, इरान र पर्सियाली खाडि क्षेत्रको सैन्य र रक्षा विशेषज्ञ माइकल नाइट्सको भनाई अनुसार इरान सैन्य सामर्थ्यको हिसाबमा साउदी अरबभन्दा अगाडि छ । 

उनी भन्छन् ,‘इरानको सेनाका कोही पनि साउदी अरबसँग लड्न डराउँदैनन् । साउदी अरबको नेतृत्वमा चार वर्षदेखि यमनमा चलिरहेको युद्धले पनि उसको कमजोरी उजागर गरेको छ । कयैन वर्षदेखि युद्ध जारी रहँदा पनि उसले केही उपलब्धी हासिल गर्न सकेको छैन ।’

साउदी अरबको सबलता 
अरब प्रायद्विपको ८० प्रतिशत इलाकामा फैलिएको छ, साउदी अरब । साउदी अरब क्षेत्रफलको हिसाबले विश्वको १२ औं ठूला देश थियो । 

देशको १ प्रतिशत भूमिमात्र कृषियोग्य भएको भए पनि उसको विशाल तेल खानीले गर्दा उ निक्कै शक्तिशाली राष्ट्र हो । 

सन् १९३८ मा साउदी अरबमा विशाल पेट्रोलियम पदार्थको भण्डार रहेको  पत्ता लगेको थियो । आज साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्माता र निर्यातक देश बनिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप