शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंकको पीओएस सेवा सुचारु

बुधबार, ०१ असोज २०७६, १५ : ५६
बुधबार, ०१ असोज २०७६

काठमाडौं– केही दिनदेखि बन्द रहेको एनआईसी एशिया बैंकको पीओएस सेवा आजबाट सुचारु भएको छ ।  

प्राविधिक कारणले गर्दा यस बैंकका डेविट तथा क्रेडिट कार्डहरु यही भदौ १८ गते देखि अन्य बैंक तथा वित्तीय संस्थाका एटीएम तथा पीओएस  मेशिनहरुमा नचल्ने र यसै बैंकका एटीएम तथा पीओएस मेशिनहरुमा मात्र चल्ने गरेकोमा आजबाट सवै पीओएसमा चल्ने भएको छ ।

अजोज १ गतेबाट यस बैंकको डेविट, क्रेडिट तथा प्रिपेड कार्डहरु भिसा नेटवर्कमा आवद्ध भएका अन्य बैंक तथा वित्तीय संस्थाका पोइन्ट अफ सेल (पीओएस)मा समेत चल्ने व्यवस्था मिलाईएको बैंकले जनाएको छ । यस बीचमा प्रविधिक कारणले ग्राहकहरुमा पर्न गएको असुविधाको लागि बैंकले क्षमा मागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप