बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उपप्रधान एवम् स्वास्थ्यमन्त्री यादव आज अमेरिका जाँदै

बुधबार, ०१ असोज २०७६, १५ : २८
बुधबार, ०१ असोज २०७६

काठमाडौँ– उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव आज अमेरिका जाने भएका छन् । सेप्टेम्बर २२—२३ मा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्टसंघको महासभामा स्वास्थ्यको सर्वव्यापी पहुँच सम्बन्धी उच्चस्तरीय बैठकमा सहभागी हुनको लागि मन्त्री यादव आज अमेरिका जान लागेका हुन् । आज ९.३० बजे मन्त्री यादव अमेरिका जाने तयारीमा रहेका छन् । 

डेङ्गु प्रकोपले विकाराल रुप लिइरहेकै बेला स्वास्थ्यमन्त्री यादव पुन विदेश भ्रमणमा जान लागेका हुन् । स्वास्थ्य मन्त्रालयले डेंगु प्रकोप नियन्त्रण गर्न नसकेको भन्दै चर्को विरोध भैरहेको छ ।   वैशाखबाट सुरु भएको प्रकोप अहिले ५६ भन्दा धेरै जिल्लामा फैलिसकेको छ भने ६ जनाको निधन भइसकेको छ । सो प्रकोप नियन्त्रण गर्न निःशुल्क उपचारको विकल्प खुल्ला राखिएको मन्त्रालयले जनाएपनि अहिलेसम्म त्यसको कार्यन्वयण हुन सकेको छैन । 

मन्त्री यादव भने दशैको मुखमा नेपाल फर्कने छन् । मन्त्रालयलले जारी गरेको विज्ञिप्तअनुसार  मन्त्री यादव असोज १४ गते मात्रै नेपाल फर्कने छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप