बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्धनका लागि रेडक्रसलाई नेपाल इन्भेष्टमेन्ट बैंकको सहयोग

बुधबार, ०१ असोज २०७६, १५ : १९
बुधबार, ०१ असोज २०७६

काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र नेपाल रेडक्रस सोसाइटी बीच बैंकको जारी गठित सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रबर्धनका लागि सहमतिपत्रमा हस्ताक्षर सम्पन्न भएको छ । 

सो सहमतिपत्र हस्ताक्षर गर्नुका साथै बैंकका प्रतिनिधीहरुद्वारा नेपाल रेडक्रस व्यवस्थापनलाई ५ लाखको चेक हस्तान्तरण गरिएको थियो । 

रक्तदान/संकलन, सचेतना तथा स्वस्थ्य जीवनलाई सुधार तथा प्रबर्धनका लागि आवश्यक ज्ञान अभिवृद्धि गर्ने शिक्षामूलक प्रेरणादायी कार्यक्रमहरू सञ्चालनमा सहयोग पु¥याउने उद्देश्यले नेपाल रेडक्रसलाई यो आर्थिक सहयोग गरिएको हो ।

एनआईबीएलले विगतदेखि नै यस्ता किसिमका स्वास्थ्य हेरचाहका गतिविधिहरूमा पहल गर्दै आएको छ र सामाजिक विकासका साथसाथै त्यसमा व्यक्तिगत रुपमा सचेत र स्वस्थ्य व्यवहार सामेल गराउन आफ्नो भूमिका निर्वाह गर्ने यसको उद्देश्य रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप