शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डेङ्गु रोग विश्वकै लागि चुनाैती, नेपालमा आपतकाल घोषणा गर्नुपर्ने अवस्था छैन : मन्त्री यादव

बुधबार, ०१ असोज २०७६, १५ : १८
बुधबार, ०१ असोज २०७६

काठमाडौं – उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  डेङ्गु नियन्त्रणउन्मुख रहेको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर उनले  पछिल्लो समय डेङगु निकै घट्दो क्रममा  रहेको भन्दै उक्त रोग नियन्त्रणतर्फ उन्मुख रहेको बताएका हुन् ।

उपप्रधानमन्त्री यादवले भने, ‘डेङ्गु नियन्त्रण सम्बन्धी विस्तृत योजना तयार पारी आवश्यक स्रोत परिचालन गरी कार्यान्वयन गर्ने दिशातिर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअघि बढेको छ । पछिल्लो समय डेङगु निकै घट्दो क्रममा छ । उक्त रोग नियन्त्रणतर्फ उन्मुख छ । आपतकाल घोषणा गर्ने आवश्यकता छैन ।’

उनले डेङगु नियन्त्रणका लागि  ‘खोज र नष्ट गर’ अभियान जरी रहेको समेत जानकारी दिए ।

‘गत वर्ष डेङगु देखिएका क्षेत्रमा यसको न्यूनीकरणका लागि लामखुट्टेका लार्भा खोजी नष्ट गर्ने ५ दिने ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ । यसका लागि ८५ वटा स्थानीय तहमा १ करोड ६६ लाख रुपयाँ विनियोजन गरिएको थियो,’ उनले भने, ‘सोही अनुसार प्रदेश १ मा ६ करोड रुपयाँ विनियोजित गरिएको छ । यसको अलावा स्थानीय तहदेखि प्रदेशहरुले  आफ्नो स्रोतबाट डेङ्गु प्रभावित क्षेत्रमा जनचेतना अभिवृद्धका लागि बहुसंचार विधि उपयोग गर्दै खोज र नष्ट गर अभियान गरिरहेको जानकारी गराउन चाहन्छु ।’

सुचनाको ट्रयाकिङ गरी यर्थातको पुष्ट्याइ गर्दै जनमानसमा डेङ्गुबारे त्रास कम गरिने उपप्रधानमन्त्री यादवको भनाइ थियो ।

साथै उनले साउन १ देखि भदौ २३ गतेसम्म नेपालमा ५ हजार ९५ जनामा डेंगु रोगको संक्रमण भएको र विभिन्न जिल्लामा ६ जनाको मृत्यु भएको संसदलाई जानकारी दिए ।

इपियोडिलोजी तथा रोग नियन्त्रण महाशाखाका अगुवाइमा झापा, सुनसरी, मोरङ, चितवन धादिङसहित छ वटा जिल्लाको ९ वटा स्थानीय तहमा १ हजार ७५ जना सरोकारवाला, स्थानीय जनप्रतिनिधि र डेङगु नियन्त्रकलाई एक दिने अभिमुखिकरण तालिम दिएको उनले बताए ।

उनले अगाडि भने, ‘यो कार्य अन्य ठाउँमा पनि जारी रहेको छ । देशमा ११८ वटा अस्पतालबाट अर्लि वार्निङ एड रिपोर्टिङ सिस्टममार्फत् नियमित तथ्याङ्क संकलन गर्दै साप्ताहिक रुपमा अध्यावधि प्रतिवेदन प्रकाशन गर्ने काम नियमिति रुपमा भइरहेको छ ।’

डेङ्गुको नियन्त्रण नेपालका लागि मात्र नभई विश्वका लागि नै ठूलो चुनौतिको रुपमा देखापरेको उनको जिकिर थियो ।

उपप्रधानमन्त्री यादवले भने, ‘डेङगुको नियन्त्रण नेपालका लागि मात्र होइन विश्वका  लागि नै ठूलो चुनौतिको रुपमा देखापरेको छ । वितेको ५० वर्षमा यो रोग ३० गुनाले बढेको छ । १२८ देशका ३.९ अरब मानिस यस रोगको जोखिमको क्षेत्रमा पर्दछन् । प्रत्येक वर्ष ३९ करोड मानिसलाई डेङगु रोगको संक्रमण हुन्छन् भने २० हजार भन्दा बढीको मृत्यु हुने गर्दछ ।’

डेङ्गु नियन्त्रण नहुनुको कारणबारे प्रष्ट पार्दै उनले भने, ‘डेङगु नियन्त्रण नहुनुको कारण कुनै निर्दिट औषधि  तथा खोप नहुनु हो । यसको निणन्त्रणका लागि स्थानीय जनस्तरमा जनचेतन फैलाउनु का साथै सबै सरकारवालाहरुको सक्रिय सहभागितामा यो रोग सार्ने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियाननै सबै भन्दा प्रभावकारी र सहज विधि हो । र विश्वव्यापी रुपमा यसैलाई जोड दिइन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप