केन्द्रीय संस्करण
समाचार

नेपाल वायुसेवा निगम सुधारका लागि १३ बुँदे प्रतिवेदन : ‘पब्लिक लिमिटेड’का रुपमा सञ्चालन गर्न सुझाव

person explore access_timeअसोज १, २०७६ chat_bubble_outline1

काठमाडौँ– नेपाल वायुसेवा निगम सुधार्न गठित समितिले निगम सुधारका लागि १३ बुुँदे प्रतिवेदन बुझाएको छ । समितिले बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई निगमसुधारका लागि सुझाव प्रतिवेदन बुझाएको हो ।

पूर्व सचिव शुशील घिमिरे नेतृत्वको ५ सदस्यीय समितिले तयार पारेको प्रतिवेदन बुझ्दै मन्त्री भट्राईले समितिको प्रतिवेदन अधययन गरेर तत्काल कार्यान्वयनमा लैजाने प्रतिवद्धता जनाए । 

प्रतिवेदनमा निगम आर्थिक रुपमा धरासायी भएकाले पब्लिक लिमिटेडमा लैजान सुझाव दिइएको छ । जसमा सरकार र पब्लिकको समेत लगानी हुनेछ । त्यस्तै प्रतिवेदनमा निगमले प्रतिस्पर्धा गर्न नसक्नुमा आर्थिक रुपमा कमजोर हुनुका साथै वित्त व्यवस्थापन प्रणाली कमजोर बनेको, वित्तीय संरचनामा परिवर्तन जरुरी रहेको, ऋण महंगो व्याजदरमा लिएको, व्यवस्थापकीय पुनर्संरचना आवाश्यक देखिएको, संस्थागत पुर्नसंरचनामा विमान उडान तथा व्यवस्थापनमा कमजोर देखिएको लगायत छन् । 

त्यस्तै विगमसँग थरिथरिका विमान भएकाले मर्मत लगायतमा खर्च बढेको, जहाजसंख्या थोरै भएको, भएका जहाज पनि अधिकांश ग्राउण्डेड हुने गरेको, निगमका ६ वटा जहाजबाट मात्रै गत आर्थिक बर्षमा ९१ करोड रुपैयाँ घाटा बेहोरेको उल्लेख छ ।

प्रतिवेदन बुझ्दै मन्त्री भट्टराइले प्रतिवेदन मनत्रालयको वेभसाइडमा राखेर त्यसमा सर्वसाधारण र अन्य विज्ञको समेत सुझावलाई ध्यानमा राखेर कार्यन्वयनमा जाने बताए । मन्त्री भट्टराइले पर्यटन मन्त्रालय सम्हालेको पहिलो साता नै निगम सुर्धान सुझाव दिन ५ सदस्यीय समिति गठन गरेका थिए ।  
 

कमेन्ट

  1. Sept. 18, 2019, 5:11 p.m. Rajan bhattarai
    नेवामा सर्वसाधारण व्यक्ति जादा टिकट छैन भन्छ पहुँचवाला र बोलवालाको भरमा वाय सेवा संचालन हुन्छ । सर्वसाधारणले टिकट माग्यो छैन भन्छ यरपोर्टमा गयो ५/ ७ सीट खाली जान्छ । सर्वसाधारण यात्रुको टिकटमा उल्लेखित तौल भन्दा १ केजी बढी भए जादैजादैन भन्छ खुसुक्क पैसा दियो भने हालि दिन्छ । साधारण यात्रुलाइ उल्लेखित तौल भन्दा १ केजि पनि लान दिदैन तर भित्र भित्र मिलाएर १००/२०० केजी हाम्रै आँखा अगाडि हालि दिन्छ । अनि कसरी नाफामा जानु त । वायु सेवा घाटामा जानुमा ९० प्रतिशत व्यवस्थापन र कर्मचारीको कारणले घाटामा गएको तर तेस्ता कुरा वायु सेवा सुधारमा उल्ले भएको भए राम्रो हुने थियो । दूर राजमा वायु सेवाको भरमा रहेका यात्रुले जान चाहेको बेला विना चाकडी विना पावर जान पाएपो हुन्थ्यो । ऋण काढेर क्यास पैसा तिरेर पनि जान नसकिने निमगका कर्मचारीको चित्त बुझे प्लेन उड्यो नत्र स्वाहा ।
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...