केन्द्रीय संस्करण

सल्यानको श्रीनगरमा एनआइसी एसिया बैंकको नयाँ शाखा विस्तार

person explore access_timeअसोज १, २०७६ chat_bubble_outline0

सल्यान–सल्यानको श्रीनगरमा एनआइसी एसिया बैंकको नयाँ शाखा विस्तार गरिएको छ । भदौ ३१ गतेदेखि शारदा नगरपालिका–१ श्रीनगरमा शाखा सञ्चालनमा आएको हो ।

शारदा नगरपालिकाका  मेयर सुरेश अधिकारीले सो शाखाको उद्घाटन गरेका हुन् । श्रीनगर  शाखा सञ्चालनमा आएसँगै सल्यान क्षेत्रका ग्राहकहरुलाई यस बैंकको सेवा प्राप्त गर्न थप सहज हुने विश्वास बैंकले लिएको छ ।

यस बैंकका मुलुकभर २९८ शाखा, ३५७ एटिएम, ६९ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङ सेवा सञ्चालित छन् ।
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...