शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाँके घटनामा संलग्नलाई कारवाही गर्ने सरकारको प्रतिवद्धतापछि चल्यो संसद बैठक

बुधबार, ०१ असोज २०७६, १३ : ५४
बुधबार, ०१ असोज २०७६

काठमाडौँ– बाँके घटनाका दोषीहरुमाथि सरकारले कारवाही गर्ने प्रतिवद्धता जनाएपछि प्रमुख प्रतिपक्ष दल काँग्रेस प्रतिनिधि सभाको संसद बैठक सुचारु गर्न सहमत भएको छ ।

बुधबारको बैठक सुरु हुनासाथ काँग्रेस सांसदले उठेर विरोध गरेका थिए । त्यसपछि सभामुखले काँग्रेस सांसद दिलेन्द्रप्रसाद बडुलाई बोल्न समय दिएका थिए । बडुले बाँके घटनामा संलग्नहरुलाई सरकारले कारवाही गर्ने प्रतिवद्धता नजनाए बैठक चल्न नदिने बताएका थिए । 

लगत्तै सभामुख कृष्णबहादुर महराले सरकारका तर्फबाट कनुनमन्त्री भानुभक्त ढकाललाई जवाफ दिन समय दिएका थिए । मन्त्री ढकालले सरकारका तर्फबाट घटनाबारे जवाफ दिँदै प्रधानमन्त्री केपी ओलीले समेत उक्त घटानका दोषीलाई कारवाही गर्ने बचनवद्धता प्रकट गरेको र घटनामा संलग्न भएको भन्दै प्रहरीले किटानी जाहेरीसमेत लिएको अवस्थामा दोषीलाई कारवाही गर्न सरकार प्रतिवद्ध रहेको बताएका थिए ।   

‘घटनामा संलग्न व्यक्तिको कारवाहीको विषयमा जाहेरी लिइसकेको र उनीहरुलाई कानुनी दायरामा ल्याउन सरकार तर्फबाट विश्वास दिलाउन चाहान्छु’ मन्त्री ढकालले प्रतिवद्धता जनाए । उनले गल्ति नगरेका नफस्ने र गल्ती गरेका नउम्कने समेत दावी गरे ।

गत साता बाँकेको खजुरा गाउँपालिकाको सीतापुरस्थित नेपाल रेडक्रसको हलमा जारी काङ्ग्रेसको जागरण कार्यक्रममा सत्तारुढ दलका कार्यकर्ताले आक्रमणका गर्दा बाँके काङ्ग्रेस सभापति किरण कोइराला घाइते भएकी थिइन् । 

सो घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कारवाही गर्नुपर्ने भन्दै काँग्रेसले सदन अवरोध गर्दै आएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप