पहिरोले पुरिएर बालकको मृत्यु
बुधबार, ०१ असोज २०७६, १३ : ३६

काभ्रे– अविरल वर्षाका कारण आज बिहान पहिरो गई काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा रहेको पसल पुरिँदा एक बालकको मृत्यु भएको छ ।
बिहान ६ बजे पसलमाथिबाट पहिरो खस्दा पुरिएर मण्डन देउपुर नपा–११ जैसिथोकका तेजबहादुर तामाङका चार वर्षीय छोरा दिपेशको मृत्यु भएको हो । बालकको बुबा बाहिर निस्केको र आमा शौचालय गएको बेला पहिरो खसेर पसल पुरिएको हो ।
घटनालगत्तै स्काभेटरको सहायताले स्थानीय तथा सुरक्षाकर्मीले पसलभित्र फसेका बालकको खोजी गरेका थिए । बिहान ७ बजेदेखि पहिरो पन्छाउँदा ११ बजे बालकको शव फेलापरेको वडाध्यक्ष सुन्दर लामाले जानकारी दिए । उनका अनुसार जैसिथोक स्थायी घर भएका तामाङको परिवार पाँचखाल नगरपालिका–४ फेदीस्थित दोभानमा एकतले कच्ची घरमा पसल सञ्चालन गर्दै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ किलो अवैध चाँदी प्रहरीद्वारा बरामद
-
गण्डकी सरकारले सुरु गर्यो आयोजना बैंक, ५० लाखभन्दा माथिका योजना कार्यान्वयन गर्ने
-
लेकतर्फ लाग्दै भेडाका बथान
-
डिजिटल कर्णाली कन्क्लेभ : डिजिटल कर्णाली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास
-
रौतहट सशस्त्र प्रहरीको स्थापना दिवसमा रक्तदान
-
रातो मच्छिन्द्रनाथको मूर्तिमा रंग लगाउने काम अन्तिम चरणमा (तस्बिरहरू)