बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

७० वर्ष कटेका यात्रुलाई हवाइ भाडामा ५० प्रतिशत छुट दिने नेपाल एयरलाइन्सको घोषणा

बुधबार, ०१ असोज २०७६, १३ : ३२
बुधबार, ०१ असोज २०७६

काठमाडौं–पूर्ण सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले  ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई  हवाइ भाडामा ५० प्रतिशत छुट दिने भएको छ । 

संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराइले हवाइ भाडामा छुट दिन यसअघि नै सबै हवाइ सञ्चालकहरुलाई निर्देशन दिएका थिए । मन्त्री भट्टराईको यस निर्देशनलाई निजी हवाइ सञ्चालकले कार्यान्वयनमा ल्याउन नसक्ने भन्दै विरोध जनाएका थिए ।  

तर सरकारी निर्देशन कार्यान्वयनमा अहिले सरकारी  एयरलाइन्सनै अग्रसर भएको छ । ७० वर्ष पूरा भएको प्रमाणपत्रको आधारमा टिकटमा छुट हुनेछ । 

नेपाल एयरलाइनन्का सहप्रवक्ता सुलेख मिश्रले आजैको दिनदेखि कार्यान्वयनमा आएको जनाएका छन् । गत भाद्र ३० गते वाणिजय विभाग सम्बद्ध समिति (मार्केटिङ कमिटी) ले सरकारको निर्णयलाई कार्यान्वयन गर्ने भनेपछि आन्तरिक उडानमा मात्र लागू हुने गरी छुटको व्यवस्था गरिएको मिश्रले बताए । 

तर यस्तो छुटको टिकट काट्नका लागि भने एयरलाइन्सको कार्यालयमै आइपुग्नुपर्ने उनले जानकारी गराए । एयरलाइन्सले छुट्टै सफ्टवेयर निर्माण नगरेसम्म टिकट काट्न कार्यालय नै धाउनुपर्ने भएको छ । 

 नेपाल एयरलाइन्सले दशैतिहारलाई लक्षित गरेर अग्रिम टिकट बुकिङ पनि खुला गरिसकेको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप