‘कुल खानदान’ तिर लागे शोभित बस्नेत
काठमाडौं – दुई दर्जन बढी फिल्म निर्देशन गरेका शोभित बस्नेतको पछिल्लो समय कुनै पनि फिल्म आएको छैन । ब्यवसाय दिन प्रतिदिन ओरालो लाग्दो भएको कारण आफुले आफुले फिल्म नगरेको उनले बताउदै आएका छन् ।
फिल्म नगरे पनि शोभित भने फुर्सदमा बसेका छैनन् । उनी अहिले पारिवारिक टेलिसिरियल ‘कुल खानदान’ तिर लागेका छन् । पारिवारीक बिषयबस्तुमा उनले यो श्रृखला निर्माण गरेका हुन् । रमाइलो टिभीको प्रस्तुति रहेको सिरियल दशैदेखि प्रशारण हुने निर्देशक बस्नेतले जानकारी दिए ।
पारिवारिक जीवनको आरोहअबरोहको बिषय समेटिएको सिरियलमा नीर शाह, सपना श्रेष्ठ, उत्तम केसी, रोहित रुम्वा, बिशाल पहाडी, शुभेच्छा थापा, अस्मिता जुरेली, संगम भण्डारी र नवअभिनेत्री काब्या कार्की र बालकलाकार एन्जिल रोकायको मुख्य भुमिका रहेको छ ।
सलिना बस्नेत कार्यकारी निर्माता रहेको सिरियल राहुल राईले खिचेका हुन् । रामकाजी घिमीरेको लेखेन रहेको टेलिसिरियल ‘कुल खानदान’लाई फिल्मी भब्यता दिएर निर्माण गरिएको निर्देशक बस्नेतले बताए । उनी ‘कुल खानदान’ले दर्शकमाझ नौलो छाप छोड्नेमा आशावादी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूराजनीतिको भूमरीमा बीआरआई परियोजना
-
शैलेन्द्रको साथले बागमती सरकार जोगियो, अन्य प्रदेशमा कस्तो असर गर्ला ?
-
बागमती प्रदेशसभा बैठक १९ गते बस्ने
-
जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा परेको छ : मन्त्री बस्नेत
-
कुन दलले पाउँछ राष्ट्रियसभा उपाध्यक्ष, कहिले हुन्छ चुनाव ?
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन