भिड्दैछन् दुई सुपरस्टार्स, ऋतिक रोशन भएको यो फिल्ममा प्रभासको एन्ट्री

पछिल्लो दिनमा बक्स अफिसमा ‘साहो’ मार्फत् प्रभासको जलवा छाएको छ भने चाँडै नै ‘वार’ मार्फत् ऋतिक रोशन प्रशंसकको जोश बढाउनका लागि तयार छन् । ‘बाहुबली’ प्रभास र इन्डियन सुपरहिरो ‘कृष’ ऋतिक रोशनका प्रशंसक उनीहरुको हरेक फिल्म व्यग्रताका साथ प्रतिक्षा गर्ने गर्छन् । यी दुईका प्रशंसकका लागि सुखद खबर सार्वजनिक भएको छ ।
हो, चाँडै नै यी दुई सुपरस्टार्स स्क्रिनमा भिड्ने तयारी गरिरहेका छन् । बलिउड लाइफको खबर अनुसार ‘छिछोरे’ का निर्देशक नितेश तिवारी यी दुई एक्सन स्टार्सलाई सँगै स्क्रिनमा देखाउने तयारी गरिरहेका छन् । ऋतिक रोशन र दीपिका पादुकोणको नयाँ फिल्म ‘रामायण’ मा प्रभासको एन्ट्री पनि भएको छ ।
रावण बन्नेछन् प्रभासः
यो बिग बजेट फिल्ममा भगवान रामको भूमिकामा ऋतिक रोशन र माता सीताको भूमिकामा दीपिका पादुकोण देखिनेछन् । यस्तै अब ‘रावण’ को भूमिकाका लागि प्रभासले ग्रीन सिग्नल दिएका छन् ।
स्मरण रहोस्, ऋतिक रोशन हालै फिल्म ‘सुपर ३०’ मा देखिएका थिए । यस्तै, अब अक्टोबर २ मा उनको फिल्म ‘वार’ रिलिज हुँदैछ । यस्तै, प्रभासको बिग बजेट ‘साहो’ ले पनि दमदार कमाई गरेको छ । दीपिका पादुकोण पनि आफ्नो आगामी फिल्म ‘८३’ र ‘छपाक’ को सुटिङ पुरा गरिसकेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ
-
थाइल्यान्डमा लोक सांस्कृतिक कार्यक्रम देखाएर फर्कियो एभरेस्ट कल्चरल ग्रुप
-
बीवाईडीले जित्यो २०२५ को 'वर्ल्ड अर्बन कार अफ द इयर' अवार्ड
-
राष्ट्रपति सीसँग कुरा गर्न तयार छन् ट्रम्प, को पहिला झुक्ला ?