शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मकवानपुरमा डेङ्गु सङ्क्रमितको सङ्ख्या एक हजार पुग्यो

बुधबार, ०१ असोज २०७६, १० : ३८
बुधबार, ०१ असोज २०७६

गत साउन १० गते हेटौँडा अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा हरि खड्कामा पहिलोपटक देखिएको डेङ्गु रोग भदौ मसान्तसम्म आइपुग्दा मकवानपुरका एक हजारमा देखिएकोे छ ।
 
बिरामीमध्ये आधा अर्थात् ५०० जना हेटौँडा उपमहानगरपालिकाको एउटै वडा नं ४ का छन् ।

उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख सुपेन्द्र कार्कीका अनुसार साउन मसान्ततिर लगभग नियन्त्रणउन्मुख भएको डेङ्गु भदौको प्रारम्भसँगै परेको झरीका कारण डेङ्गु सार्ने लामखुट्टेको प्रजनन वातावरण अनुकूल भइदिनाले एकाएक माहामारीको रूप लिन पुग्यो । 

उहाँका अनुसार हेटौँडा–४ मा दैनिक पाँचका दरले डेङ्गु सङ्क्रमण बढिरहेकामा भदौ लागेपछि त्यो दर बढेर दैनिक १५ पुगेको छ । 

हाल भइरहेको वर्षाले पनि डेङ्गुलाई बढाउन मद्दत पुग्ने भएकाले सर्वसाधारणलाई सचेत हुन आग्रह गरिएको छ । डेङ्गु नियन्त्रणमा प्रदेश सरकार, उपमहानगरपालिका र जिल्ला समन्वय समितिसमेत लागिपरेका छन् । 

चितवन तथा मकवानपुरलगायत प्रदेशका विभिन्न जिल्लामा फैलिएको डेङ्गु नियन्त्रणमा प्रदेश सरकार लागिरहेको प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालको भनाइ छ । 

डेङ्गु नियन्त्रण गर्न औषधि छर्किनेबाहेक हरेक उपाय अपनाइएको उहाँले बताउनुभयो । मन्त्री दुलालले औषधि छर्किँदा आम नागरिकको स्वास्थ्यमा प्रतिकूल असर पर्ने तथा लामखुट्टे नियन्त्रणमा खासै प्रभावकारी नहुने जानकारहरुको सल्लाहअनुसार औषधि नछर्किएको बताए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप