पहिलो खेलमा नै लिभरपुल नापोलीसँग स्तब्ध
एजेन्सी । साविक विजेता लिभरपुल च्याम्पियन्स लिग फुटबलको समूह चरणको पहिलो खेलमै इटालियन क्लब नापोलीसँग स्तब्ध बनेको छ । नापोलीको मैदानमा मंगलबार राति भएको खेलमा लिभरपुल २–० गोलले पराजित भयो ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको लिभरपुल दोस्रो हाफमा दुई गोल खान बाध्य बन्यो ।
८२औँ मिनेटमा ड्राइस मेर्टिन्सले पेनाल्टीमा गोल गर्दै नापोलीलाई अग्रता दिलाए । एन्ड्रिउ रोबर्टसनले डिबक्सभित्र जोसे कालेहनलाई फल हानेपछि नापोलीले पेनाल्टीको मौमा पाएको थियो । त्यसपछि इन्जुरी समयमा फर्नान्डो लोरेन्टेले गोल गर्दै नापोलीको जित पक्का बनाएका थिए ।
पहिलो हाफमा केही राम्रा गोल गर्ने अवसर गुमाएको लिभरपुल अन्ततः गोलरहित हार खेप्न बाध्य बन्यो । जितसँगै समूह ‘ई’ मा रहेको नापोलीले तीन अंक बनाएको छ । लिभरपुल अंक विहीन छ ।
यही समूहको अर्को खेलमा अष्ट्रेलियन क्लब आरबी साल्जवर्गले बेल्जियन टोली केआरसी जिन्कलाई ६–२ गोलको फराकिलो अन्तरले पराजित गरेको छ । साल्जवर्गको जितमा अर्लिङ ब्राउट हल्यान्डले ह्याट्रिक पूरा गरे । हि चान ह्वाङ, डोमिनिक, एन्ड्रियस उलमरले एक एक गोल गरे । जिन्कका जोन लुकुमी र एमविवाना समताले गोल गरे । जितसँगै साल्जवर्गले तीन अंक बनाएको छ । अंक विहिन जिन्क तालिकाको पुछारमा छ ।
यसैगरी समूह ‘एच’ अन्तर्गत खेलमा डच क्लब आयाक्सले फ्रान्सेली क्लब लिलेलाई ३–० र स्पेनिस टोली भ्यालेन्सियाले इङ्लिस टोली चेल्सीलाई १–० गोलले हरायो । घरेलु मैदानमा आयाक्सलाई जिताउन क्वीन्सी प्रोमेसले १८औं, इड्सन अल्भारेजले ५०औं र निकोलस ट्यागलियफिकोले ६२औं मिनेटमा गोल गरे ।
यसैगरी भ्यालेनिस्याको जितमा रोड्रिगोले ७४औं मिनेटमा गोल गरेका थिए । त्यसपछि चेल्सीले ८७औं मिनेटमा पेनाल्टी मिस गर्दा हार खेल्प बाध्य बनेको थियो । चेल्सीका रोस ब्रेकलीले पेनाल्टी मिस गरेका थिए । समूहमा तीन अंक बनाएको आयाक्स शीर्ष स्थानमा छ । समान तीन अंक बनाएको भ्यालेन्सिया दोस्रो तथा अंकविहीन चेल्सी र लिले क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको मध्यभागका सम्पदा संरक्षण गर्न सुवर्णपुर सम्पदा संरक्षण समिति
-
डा. बाबुराम भट्टराईको ‘समृद्ध समाजवाद’ अवधारणा : सम्भावना र सीमाहरू
-
सरकारले मधेसको ऐतिहासिक एवं पर्यटकीय क्षेत्रको विकासमा ध्यान नदिएको प्रभु साहको आरोप
-
नेपालमा लगानी गर्ने वातारण सृजना भएको छ : अर्थमन्त्री पौडेल
-
चिकित्साबाट ग्ल्यामर क्षेत्रमा डेनिलाको छलाङ
-
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने